२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

मुख्यमन्त्री बानियाँ विश्वासको मत लिँदै आज, कांग्रेसभित्रै विद्रोहको चेतावनी

प्रकाशित मिति : २०८२ श्रावण २७ गते

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज (मंगलबार) प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका बानियाँले सोही धाराको उपधारा (४० अनुसार ३) दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार यो प्रक्रिया अघि बढाएका हुन् ।

गत साउन २० मा नेपाली कांग्रेस र नेकपा (एमाले) का ६४ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका बानियाँका लागि यो विश्वासको मत संवैधानिक औपचारिकता मात्र हुनुपर्ने हो । ११० सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ५६ मत आवश्यक पर्छ, जबकि सत्ता गठबन्धनसँग ६४ सांसद छन् । नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसद रहेकाले सरकार सहज बहुमतमा देखिन्छ ।

- ADVERTISEMENT -

Advertisement

यद्यपि, मुख्यमन्त्री बानियाँलाई आफ्नै दलभित्रको आन्तरिक कलहले चुनौती थपिदिएको छ । पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षका करिब १४ जना सांसदले विश्वासको मत नदिने चेतावनी दिएका छन्, जसले गर्दा बानियाँको मुख्यमन्त्री पद जोखिममा पर्न सक्ने देखिएको छ । लामा पक्षले मन्त्रिपरिषद् विस्तारमा आफ्नो समूहलाई बेवास्ता गरिएको र पूर्वसहमति कार्यान्वयन नभएको आरोप लगाएको छ ।

यसअघि, सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा ९एमाले०ले आ(आफ्ना सांसदहरूलाई मुख्यमन्त्री बानियाँको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेका छन् । दुवै दलले साउन २४ गते नै सूचना जारी गर्दै अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा उभिन निर्देशन दिएका हुन् । दलीय व्यवस्थामा ह्विप उल्लंघन गरेमा सांसद पद नै खारेज हुन सक्ने कानुनी व्यवस्थाका कारण सांसदहरूले ह्विप मान्नेमा मुख्यमन्त्री बानियाँ विश्वस्त देखिन्छन् ।

कांग्रेसभित्रको शक्ति संघर्षकै कारण बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बानियाँले सरकारको नेतृत्व सम्हाल्ने अवसर पाएका थिए । बानियाँ बागमती प्रदेशका छैटौं मुख्यमन्त्री हुन् । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.10
149.70
European Euro
1
175.59
176.29
UK Pound Sterling
1
201.95
202.76
Swiss Franc
1
190.48
191.25
Australian Dollar
1
106.41
106.83
Canadian Dollar
1
108.15
108.59
Singapore Dollar
1
117.17
117.64
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.86
21.95
Saudi Arabian Riyal
1
39.74
39.90
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
40.59
40.76
Malaysian Ringgit
1
37.70
37.85
South Korean Won
100
10.09
10.13
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.03
19.11
Kuwaity Dinar
1
486.70
488.66
Bahrain Dinar
1
395.23
396.82
Omani Rial
1
387.27
388.83