२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

आज माइतीघरमा जेन–जीले प्रदर्शन गर्ने, सुरक्षा रणनीति कडा बनाइँदै

प्रकाशित मिति : २०८२ भाद्र २३ गते
file photo.

काठमाडौं / सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध ‘जेन जी’ पुस्ता आज (सोमबार) राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्दैछ । बिहान ११ बजेदेखि सुरु हुने यो शान्तिपूर्ण मार्चलाई स्थानीय प्रशासनले समेत अनुमति दिएको छ । युवाहरू ‘हामी कानुन बुझ्छौं, त्यसको पालना गर्छौं’ भन्ने नाराका साथ न्याय, पारदर्शिता र सुशासनको माग गर्दै सडकमा उत्रिन लागेका हुन् ।

जेन जी आन्दोलनका आयोजकहरूले एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रदर्शन पूर्ण रूपमा शान्तिपूर्ण र कानुनी हुने स्पष्ट पारेका छन् । उनीहरूको मुख्य उद्देश्य भ्रष्टहरूलाई जवाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने, र प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त बनाई भ्रष्टाचारलाई निस्प्रभावी पार्नु हो । यसबाट न्याय, शान्ति र दिगो विकास सम्भव हुने विश्वास उनीहरूले लिएका छन् । प्रदर्शनमा सहभागी हुने सबैलाई हिंसा, तोडफोड वा कुनै पनि प्रकारको अव्यवस्था नगर्न आग्रह गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

आन्दोलनकारीले राजनीतिक दल र नेताहरूलाई यो प्रदर्शनलाई व्यक्तिगत स्वार्थ वा पार्टीगत एजेन्डाका लागि प्रयोग नगर्न कडा चेतावनी दिएका छन् । उनीहरूले यो आन्दोलन कुनै राजनीतिक लाभका लागि नभई ‘नेपालको भविष्यका लागि’ भएको स्पष्ट पारेका छन् । जेन जीले सरकार र राज्यका निकायहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्ने आफ्नो संवैधानिक अधिकारको सम्मान गर्न माग गरेका छन् । यदि आन्दोलनमाथि हिंसा वा अवैध बल प्रयोग गरिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र त्यस्ता कार्यहरू मानवअधिकारको गम्भीर उल्लङ्घन मानिने उनीहरूको भनाइ छ ।

‘घुसपैठ’को आशंकामा एकीकृत सुरक्षा योजना
यसैबीच, माइतीघरमा हुने प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति काठमाडौंले आइतबार छलफल गरेको छ । प्रमुख जिल्ला अधिकारी छवि रिजालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा चुनौतीको विश्लेषण गर्दै एकीकृत सुरक्षा रणनीति तय गरेको छ ।

सुरक्षा समितिका एक सदस्यका अनुसार, २८ वर्षभन्दा मुनिका युवा पुस्ताले गर्ने यस प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने आकलन गरिएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी ओम रानाले ‘हामीले त्यहीअनुसार सुरक्षा रणनीति तयार गरेका छौँ’ भनेका छन् । प्रदर्शन आयोजकहरूले शान्तिपूर्ण भने पनि सुरक्षा निकायले सम्भावित घुसपैठलाई ध्यानमा राखेर ‘एकीकृत सुरक्षा योजना’ लागू गरेको छ । चैत १५ मा हिंसात्मक प्रदर्शन गरी भर्खरै थुनामुक्त भएका दुर्गा प्रसाईंले समेत यस प्रदर्शनमा ऐक्यबद्धता जनाएका छन् । विभिन्न व्यक्ति र समूहले ऐक्यबद्धता जनाइरहेकाले घुसपैठको जोखिम बढेको डीआईजी रानाको भनाइ छ ।

प्रहरीले प्रदर्शनको नाममा महत्त्वपूर्ण संस्थाहरूमा तोडफोड वा सार्वजनिक सम्पत्ति नष्ट गर्ने कुनै पनि प्रयास भएमा कडा कारबाही गर्ने तयारी गरेको छ । डीआईजी राना भन्छन्, ‘कानुनविपरीत क्रियाकलाप हुन दिँदैनौँ, हामीले त्यहीअनुसार जनशक्ति परिचालन गरेका छौँ ।’

अराजकता फैलिन नदिन सादा पोसाकका प्रहरीसमेत परिचालन गरी सूचना संकलन गरिने भएको छ । जिल्ला सुरक्षा समितिले तयार पारेको योजनाअनुसार माइतीघरमा प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी तैनाथ हुनेछन् ।

‘नेपो बेबी’ को विरोधले थप चुनौती
युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमा ‘नेपो बेबी’ ट्रेन्ड चलाएका छन् । ठूला पदमा रहेका बाबुआमाको आडमा छोराछोरीले मोजमस्ती गरेको भन्दै उनीहरूले त्यस्ता ‘नेपो बेबी’ को विरोध गर्ने भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय काठमाडौँका अधिकृतका अनुसार, यो ट्रेन्डका कारण भीआईपीका छोराछोरीमाथि आक्रमण वा उनीहरूको घरमा तोडफोड हुन सक्ने आकलन गरिएको छ । उनले भने, ‘प्रदर्शनमा स्पष्ट नेतृत्व नभएकाले भीड अराजक भएर अवाञ्छित क्रियाकलाप हुन सक्ने हाम्रो आकलन छ ।’

यो जोखिमलाई मध्यनजर गर्दै माइतीघरबाहेक अन्य संवेदनशील ठाउँमा पनि सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताएका छन् । प्रदर्शन आयोजकहरूले ‘हामी कानुन बुझ्छौँ, त्यसको पालना गर्छौँ’ भने पनि सुरक्षा निकाय पूर्ण रूपमा सचेत र तयारी अवस्थामा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20