काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएको छ ।
शीतलनिवास स्रोतका अनुसार आजै उनले पद तथा गोपनीयताको शपथ लिने तयारी भइरहेको छ ।
- ADVERTISEMENT -

विश्वसनीय स्रोतका अनुसार, प्रतिनिधि सभा विघटन गरेर अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटिसकेको छ ।
कार्की नेतृत्वको सरकारमा तीन सदस्यी मन्त्रीपरिषद् आजै बन्नेछ । तर, मन्त्री को बन्ने भन्ने विषयमा नाम भने टुंगो लागिसकेको छैन् ।
- ADVERTISEMENT -

राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटनको निर्णय गर्दै नयाँ राजनीतिक व्यवस्थापनको लागि कार्कीलाई नेतृत्वमा ल्याउने निष्कर्ष निकालेका हुन् ।
राष्ट्रपति पौडेलले शुक्रबार बिहानैदेखि प्रमुख दलका नेताहरू, प्रधानसेनापति, नागरिक समाजका अगुवा तथा जेनजीका प्रतिनिधिहरूसँग श्रृंखलाबद्ध छलफल गरेका थिए । सोही क्रममा गएराति कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरिएको थियो ।
कार्की नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश हुन् । अब उनी पहिलो महिला अन्तरिम प्रधानमन्त्री बन्ने तयारीमा छिन् ।









































