Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनबाट भागेका अझै फर्किएनन् १४३ कैदीबन्दी

तोकिएको समयभित्र ५९९ जना कैदीबन्दी सम्पर्कमा
प्रकाशित मिति : २०८२ आश्विन २९ गते
file photo.

भरतपुर / जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये अझै १४३ जना फर्किएका छैनन् । कारागार कार्यालयले असोज २० गतेसम्म कारागार नफर्किए कारबाही हुने भन्दै सूचना जारी गरे पनि हालसम्म उनीहरू नफर्किएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार फरार हुनेहरूमध्ये सबैभन्दा बढी लागूऔषध, जबरजस्ती करणी, गैँडा मारी खाग बिक्री व्यवसाय, कर्तव्य ज्यान, सरकारी ठगी र विभिन्न सङ्गठित अपराधका अभियुक्तहरू छन् ।

- ADVERTISEMENT -

Advertisement

फरारमध्ये ११ जना भारतीय नागरिक पनि रहेका छन् । उनीहरू पनि अधिकांश लागूऔषध कारोबार र जबर्जस्ती करणीजस्ता गम्भीर आपराधिक मुद्दामा दोषी ठहर भई सजाय काटिरहेका थिए ।

यस्तै, कारागार कार्यालय चितवनमा पनि विभिन्न जिल्लाबाट भागेका १३ जना कैदीबन्दी आएका छन् भने यहाँबाट भागेका ९ कैदीबन्दीहरु अन्य जिल्लामा रहेका कार्यालय प्रमुख ढुङ्गानाले बताए  । कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई अब कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए । फरार कैदीबन्दी–हरूको खोजीका लागि प्रहरीको विशेष टोली परिचालन गरिएको छ र समयमा फर्किन अनुरोध पनि गरेको छ ।

कार्यालयका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले तोकिएको समयभित्र ५९९ जना कैदीबन्दी फर्किएका छन् । जसमध्ये दुई जना नाबालक पनि फर्किएका छन् । भागेका कैदीबन्दीमध्ये केहीको परिवारसँग सम्पर्क हुन सकेको र अरुको हकमा परिवारसँग सम्पर्क भए पनि नफर्किएको उनले बताए ।

‘जेनजी’ आन्दोलनका क्रममा भदौ २५ गते यस कारागारबाट ७४२ जना कैदीबन्दी भागेका थिए । उनीहरूलाई पटक–पटक सूचना जारी गरी सम्पर्कमा आउन भनिएको थियो । यहाँबाट भागेका आठ जना कैदीबन्दीमध्ये चारजना भैरहवा कारागार, धादिङ, सुर्खेत, बागलुङ र नुवाकोट कारागारमा एक÷एकजना पुगेका छन् ।

कारागारले तोकेको समयसम्म सम्पर्कमा नआएकालाई अब कारागार ऐन र प्रचलित कानुनअनुसार कारबाही गरिने उनले बताए । यस्तै, फरार रहेका कैदीबन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाइएमा आश्रय दिने व्यक्तिलाई समेत कसूरदार ठानी कारबाही गरिने जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.82
176.51
UK Pound Sterling
1
205.08
205.88
Swiss Franc
1
186.22
186.95
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.44
109.87
Singapore Dollar
1
119.97
120.45
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
42.01
42.17
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.68
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.57
15.64
Danish Kroner
1
23.52
23.62
Hong Kong Dollar
1
19.52
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.10
407.69
Omani Rial
1
397.66
399.22