२०८२ कार्तिक २०, बिहीबार
November 6, 2025
२०८२ कार्तिक २०, बिहीबार
November 6, 2025 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज हरिबोधनी एकादशी : भगवान विष्णुको श्रद्धा र भक्तिकासाथ मनाइँदै

प्रकाशित मिति : २०८२ कार्तिक १५ गते
- ADVERTISEMENT -

काठमाडौं / देशभर आज (शनिबार) कात्तिक शुक्लपक्षको हरिबोधनी एकादशी अर्थात् प्रबोधिनी एकादशी, जसलाई ‘ठूली एकादशी’ पनि भनिन्छ, श्रद्धा र भक्तिको अनुपम संगमका साथ मनाइँदैछ । यो पावन दिन हिन्दू धर्मावलम्बीहरूका लागि विशेष महत्व राख्छ, किनकि यसै दिन भगवान् विष्णु चार महिना लामो योगनिद्राबाट जाग्ने धार्मिक विश्वास छ ।

आषाढ शुक्ल एकादशी ९हरिशयनी० का दिनदेखि प्रारम्भ भएको भगवान् विष्णुको शयन आज देवोत्थान वा देवउठनी एकादशीका रूपमा सम्पन्न हुन्छ, र यससँगै पुनः शुभकार्यहरूको थालनी हुने मान्यता रहेको छ ।

- ADVERTISEMENT -

Advertisement

भगवान् विष्णुलाई चार महिनाको योग(निद्राबाट जगाउनका लागि भक्तजनहरू घण्टा, शङ्ख, मृदङ्ग लगायतका वाद्ययन्त्रहरूको माङ्गलिक ध्वनिका साथ निम्न श्लोकहरू उच्चारण गर्छन्स्(

“उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ।।

उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत–वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ।।”

यी श्लोकहरूको उच्चारणसँगै भगवान् विष्णु जाग्ने र चतुर्मास अवधिभर रोकिएका विवाह, व्रतबन्ध, गृह प्रवेश तथा अन्य शुभ(माङ्गलिक कार्यहरूको शुभ मुहूर्त प्रारम्भ हुने जनविश्वास छ । यो दिन नयाँ कार्यको थालनी गर्नका लागि अत्यन्तै शुभ मानिन्छ ।

तुलसी विवाह र पितृ समर्पणको परम्परा
ठूली एकादशीको अर्को महत्वपूर्ण पक्ष भनेको घर(आँगनमा रोपिएको तुलसीको विधिपूर्वक विवाह सम्पन्न गर्नु हो । तुलसी मठलाई गोबर र माटोले लिपपोत गरी, सेतो, रातो, पहेँलो वस्त्र र फूलमालाले सिँगारेर भगवान् विष्णुको प्रतीक मानिने लिङ्गो ९दामोदर० सँग विवाह गरिन्छ । तुलसीलाई ‘वृन्दावन’ र भगवान् विष्णुलाई ‘शालिग्राम’ स्वरूपमा पूजा गरी यो विशेष विवाह सम्पन्न गरिन्छ ।

यस दिन व्रतालुहरूले फलाहारमा पिँडालु र सक्खरखण्ड ग्रहण गर्छन् । धार्मिक विश्वास अनुसार यस व्रतले हजार अश्वमेध यज्ञ र सय राजसूय यज्ञ बराबरको पुण्य प्राप्त हुन्छ । दिवङ्गत पितृहरूको नाममा खोलामा फूल तारेर ‘पितृभ्य स्वधा नमः’ उच्चारण गर्ने प्रचलन पनि छ । यसरी पितृलाई समर्पण गर्दा व्रत, दान र पुण्यको फल पितृहरूलाई प्राप्त हुने र पितृहरू प्रसन्न भई परिवारमा शान्ति, समृद्धि तथा आशीर्वाद प्रदान गर्ने शास्त्रमा वर्णन गरिएको छ ।

शास्त्र अनुसार श्रीहरिलाई षोडशोपचार विधिबाट पूजा गर्ने र फलफूल, नैवेद्य अर्पण गर्ने परम्परा छ । व्रतालुहरूले रातभर हरिनाम सङ्कीर्तन गर्दा भगवान् विष्णु अत्यन्त प्रसन्न हुने विश्वास गरिन्छ । हरिबोधनी एकादशीका दिन गरिने व्रत, दान, स्नान र पूजा सबै अक्षय फलदायक हुन्छन् ।

पूजा विधि निम्नानुसार रहेको छस्

बिहान सबेरै उठेर स्नान गरी व्रतको सङ्कल्प गर्ने ।

भगवान् विष्णुको मूर्तिमा जल, अक्षता, फूल, तुलसीदल र दीप अर्पण गर्ने ।

‘ॐ नमो भगवते वासुदेवाय’ मन्त्रको जप गर्ने ।

दिनभर फलाहार वा निर्जला व्रत बस्ने ।

राति भजन, कीर्तन वा जागरण गर्नु शुभ मानिन्छ ।

भोलिपल्ट द्वादशीको दिन पारण ९भगवानको पूजा० गरी व्रत खोल्ने ।

हरिबोधनी एकादशीको अवसरमा नेपालका विभिन्न धार्मिक स्थलहरूमा विशेष मेला लाग्ने गर्छ । सुनसरीको बराह क्षेत्र र काठमाडौँको बुढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर – चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारायण र शेष नारायण (मा भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । यी स्थानहरूमा दर्शनार्थीहरूले भगवान् विष्णुको पूजा(अर्चना गरी पुण्य कमाउने कामना गर्छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -