Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रतिनिधि सभा निर्वाचन : देशभर २३ हजार ११२ मतदान केन्द्र

प्रत्येक केन्द्रमा ९ जना कर्मचारी परिचालित
प्रकाशित मिति : २०८२ माघ १२ गते
file photo.

काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले व्यापक रूपमा कर्मचारी व्यवस्थापनको काम अगाडि बढाएको छ । आयोगले पाँच सयभन्दा बढी मतदाता भएका मतदान केन्द्रमा नौ जनासम्म कर्मचारी खटाउने गरी तयारी थालेको हो ।

आयोगको योजना अनुसार पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीन स्वयंसेवक गरी नौ जना जनशक्ति परिचालन गरिनेछ । त्यसैगरी, पाँच सयसम्म मतदाता भएका केन्द्रमा भने आठ जना कर्मचारी खटाइनेछन् । जसमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र दुई स्वयंसेवक रहनेछन् । अस्थायी मतदान केन्द्रका लागि भने पाँच जनाको जनशक्ति व्यवस्थापन गरिनेछ ।

- ADVERTISEMENT -

Advertisement

अहिले देशभर कुल २३ हजार ११२ मतदान केन्द्र तय गरिएका छन् । यी सबै केन्द्रमा कर्मचारी खटाउँदा करिब दुई लाख १३ हजार जनशक्ति आवश्यक पर्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । उनले कर्मचारी व्यवस्थापनबारे जानकारी दिँदै भने, ‘निजामती कर्मचारीले पुगेसम्म उनीहरूलाई नै प्राथमिकता दिइनेछ, तर अपुग भएको खण्डमा सामुदायिक विद्यालयका शिक्षक र सार्वजनिक संस्थानका कर्मचारीलाई समेत जिम्मेवारी दिइनेछ ।’

आयोगले ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ निर्वाचन अधिकृतको कार्यालय, ७७ जिल्ला निर्वाचन कार्यालय र सात प्रदेश निर्वाचन कार्यालयमा कर्मचारी परिचालन गर्नुपर्ने हुन्छ । मुख्य निर्वाचन अधिकृतको नेतृत्व सम्भव भएसम्म जिल्ला न्यायाधीशले गर्नेछन् भने निर्वाचन अधिकृतको कार्यालयमा न्याय सेवाका उपसचिव स्तरका कर्मचारी रहनेछन् । त्यस्तै, जिल्ला र प्रदेश स्तरका कार्यालयमा क्रमशः शाखा अधिकृत र उपसचिव स्तरका कर्मचारीले नेतृत्व गर्ने गरी तयारी भइरहेको प्रवक्ता भट्टराईले बताए ।

यसैबिच, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचनका लागि कर्मचारीको अभाव नहुने स्पष्ट पारेको छ । सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनै तहमा पर्याप्त कर्मचारी रहेकाले आयोगलाई आवश्यक पर्ने जनशक्ति मन्त्रालयले सहजै उपलब्ध गराउने मन्त्रालयको दाबी छ ।

मन्त्रालयकी सचिव चन्द्रकला पौडेलले सरकारको मुख्य प्राथमिकता निर्वाचन भएकाले जनशक्ति व्यवस्थापनमा कुनै समस्या नहुने बताए । उनले भने, ‘सङ्घीय तहमा मात्र नभई प्रदेश र स्थानीय तहका कर्मचारीलाई समेत निर्वाचनमा परिचालन गर्न सकिन्छ । त्यसैले कर्मचारीको अभाव हुने देखिँदैन ।’

कुनै विशेष प्रकृतिका कर्मचारी आवश्यक परे आयोगले सम्बन्धित कार्यालयबाट सोझै खटाउन सक्ने अधिकार समेत रहेको पौडेलले बताए । आयोगले अहिले मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको छ भने मतदान केन्द्रहरूमा निर्वाचनको केही समयअघि मात्र कर्मचारी खटाउने तयारी गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05