२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

पश्चिमी वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित मिति : २०८३ बैशाख १३ गते
File photo

काठमाडौं / पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भएको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली भएको छ भने सुदूरपश्चिम प्रदेशका तराई भेगमा मुख्यतया मौसम सफा रहेको छ ।

कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहनेछ ।

- ADVERTISEMENT -

Advertisement

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा मधेश सहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

साथै लुम्बिनी प्रदेशको तराई भागका एकदुई स्थानमा पनि वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा तापक्रम बढ्ने सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली तथा तराई भेगमा आंशिक बदली रहनेछ ।

- ADVERTISEMENT -

Advertisement

कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । साथै देशका अधिकांश स्थानमा तापक्रम क्रमशः बढ्दै जाने देखिएको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँचमा तापक्रम बढ्ने महाशाखाको पूर्वानुमान छ । ती भेगका सर्वसाधारणलाई महाशखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51