चेन्नई / तमिलनाडुको मुख्यमन्त्रीमा अभिनेता थालापति विजय नियुक्त भएका छन् ।
उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
- ADVERTISEMENT -

उनको शपथ ग्रहण आइतबार बिहान १० बजे चेन्नईस्थित नेहरू स्टेडियममा हुने तय भएको छ ।
उनले १३ मेभित्र विधानसभामा विश्वासको मत लिनुपर्नेछ ।
सरकार गठनका लागि आवश्यक बहुमत जुटाएपछि विजय समर्थन पत्रसहित राज्यपाललाई भेट्न लोक भवन पुगेका थिए ।
उनले विदुथलाई चिरुथैगल कच्ची (भीसीके) र इन्डियन युनियन मुस्लिम लिग (आईयूएमएल) को समर्थन पत्र बुझाउँदै सरकार गठनको दाबी पेश गरेका थिए ।





































