एजेन्सी / टर्कीको पूर्वी प्रान्त मालत्यामा बुधवार ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । टर्कीको विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरण ९एएफएडी० काअनुसार स्थानीय समयअनुसार बिहान ९ बजे भूकम्पको धक्का महशुस गरिएको थियो ।
प्राधिकरणले दिएको जानकारीअनुसार उक्त भूकम्पको केन्द्रविन्दु बट्टालगाजी जिल्लामा जमिनको सतहबाट ७।०३ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको धक्का मालत्याका साथै वरपरका अन्य छिमेकी प्रान्तहरूमा पनि महशुस गरिएको थियो ।
- ADVERTISEMENT -










































