२०८३ जेष्ठ ९, शनिबार
May 23, 2026
२०८३ जेष्ठ ९, शनिबार
May 23, 2026 Saturday

प्रतिकूल मौसमले मह उत्पादन प्रभावित बन्दै

प्रकाशित मिति : २०८३ जेष्ठ ८ गते

दमौली (तनहुँ) / शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका मौरीपालक सुरज वाग्ले यस वर्ष मह उत्पादन घट्ने चिन्तामा छन् । अघिल्ला वर्षहरूमा यही समयमा मह निकालेर ग्राहकलाई बिक्री गरिसक्ने उनी यसपालि भने मौसमकै कारण उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिरहेकी छन् ।

वर्षौँदेखि मौरीपालन व्यवसायमा सक्रिय वाग्लेले यस वर्ष जेठमा करिब ३०० किलो मह उत्पादन हुने अपेक्षा गरेका थिए । तर फागुनदेखि सुरु भएको प्रतिकूल मौसमले मौरीको प्राकृतिक गतिविधिमा असर पुर्याएपछि उत्पादन लक्ष्य निकै घटेको उनले बताए । अहिलेको अवस्था हेर्दा जेठको अन्त्यसम्म करिब १०० किलो हाराहारीमात्र मह उत्पादन हुनसक्ने उनको अनुमान छ ।

- ADVERTISEMENT -

Advertisement

‘पोहोरपरार यही समयमा मह निकालेर ग्राहकलाई वितरण गरिसकेका थियौँ’, वाग्लेले भने ‘तर यसपालि मौसमले साथ दिएन । फागुन र चैतमा लागेको बाक्लो कुहिरोले मौरीले पर्याप्त मात्रामा फूलबाट रस सङ्कलन गर्न सकेनन् । त्यसपछि वैशाखभरजसो पानी परिरहँदा मौरी घारबाट निस्कनै सकेनन् ।’

उनका अनुसार मौरीपालन व्यवसाय प्रत्यक्ष रूपमा मौसमसँग जोडिएको व्यवसाय हो । मौसम अनुकूल हुँदा मौरीले फूलबाट रस सङ्कलन गरी मह उत्पादन राम्रो गर्छन् । तर लामो समयसम्म कुहिरो लाग्ने, चिसो बढ्ने वा लगातार पानी पर्ने अवस्था आए मौरी निष्क्रियजस्तै हुने र उत्पादन घट्ने समस्या देखिन्छ ।

- ADVERTISEMENT -

Advertisement

यस वर्ष विशेषगरी फागुन र चैतमा असामान्य रूपमा बाक्लो कुहिरो लागेको उनले बताए । सामान्यतया यस समयमा विभिन्न वनस्पति तथा जङ्गली फूलहरू फुल्ने र मौरी सक्रिय हुने गर्छन् । तर घाम कम लागेका कारण फूलमा पर्याप्त रस विकास हुन नसकेको तथा मौरीको उडान अवधि घटेको वाग्ले बताउछन् ।

त्यसपछि वैशाख महिनाभर परेको लगातार वर्षाले समस्या झन् बढाएको उनले बताए । मह उत्पादन घटेसँगै बजार व्यवस्थापनमा समेत चुनौती थपिएको वाग्लेको अनुभव छ । दैनिक रूपमा ५० भन्दा बढी ग्राहकले मह कहिले उपलब्ध हुन्छ भनेर सोध्ने गरेको उनले बताए । सामाजिक सञ्जाल र प्रत्यक्ष सम्पर्कमार्फत ग्राहकले महको माग गरिरहेको भए पनि पर्याप्त उत्पादन नहुँदा तत्काल उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

मौरीपालन व्यवसायलाई कृषिसँग जोडिएको महत्त्वपूर्ण आयआर्जनको माध्यम मानिन्छ । कम लगानीमा सुरु गर्न सकिने यो व्यवसायले ग्रामीण क्षेत्रका धेरै परिवारलाई आर्थिक रूपमा सहयोग पुर्याउँदै आएको छ । साथै मौरीले परागसेचनमार्फत कृषि उत्पादन वृद्धि गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञहरू बताउँछन् ।

वाग्लेले विदेशमा गर्ने दुःख स्वदेशमै गरे आम्दानी र सन्तुष्टि मिल्ने आत्मविश्वाससहित मौरीपालन गरिरहेका छन् । फूलको रसको मह प्रतिकिलो रु दुई हजार र कटुसको कात्तिके मह प्रतिकिलो रु दुई हजार ५०० मा बिक्री हुँदै आएको उनले बताए ।

वाग्लेको घरमा पालिएका मौरी कहिलेकाहीँ घार छाडेर भाग्ने गर्छन् । घरदेखि एक दुई किलोमिटर टाढा पुगेका मौरी वाग्लेले खोजेर ल्याउछन् । त्यस्तो बेला उनले छातीमा टाँसेर मौरी फिर्ता ल्याउने गरेका छन् । बेलाबेलामा मौरी भाग्ने गरेको पुनः फिर्ता ल्याउने गरेको वाग्ले बताउछन् ।

प्रत्येक वर्ष फागुनदेखि जेठ र मङ्सिरमा मौरी छुट्टिने गर्छ । एउटा घारमा भएका मौरी दुई भाग लाग्छन्, त्यतिबेला मौरी उडेर जाने गरेको वाग्ले बताउछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
178.41
179.11
UK Pound Sterling
1
206.44
207.25
Swiss Franc
1
195.07
195.84
Australian Dollar
1
109.62
110.05
Canadian Dollar
1
111.61
112.05
Singapore Dollar
1
120.08
120.55
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.70
4.72
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
38.77
38.92
South Korean Won
100
10.19
10.23
Swedish Kroner
1
16.42
16.49
Danish Kroner
1
23.87
23.97
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.75
502.71
Bahrain Dinar
1
407.40
408.99
Omani Rial
1
399.03
400.59