चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित कालिका चोकमा गौंथली रेष्टुरेण्ट संचालनमा आएको छ । बुधबार एक कार्यक्रमकाबीच रेष्टुरेण्टको उद्धघाटन चितवन चेम्बर अफ कमर्सका उपाध्यक्ष रुवीन रामुदामुले गरेका हुन् ।
उद्धघाटनपछि बोल्दै रामुदामुले विदेशबाट फर्केर स्वदेशमै रेष्टुरेण्ट खोलेर उद्यमी व्यवसायी बन्नु सबल पक्ष भएको बताए । ‘अहिले दैनिक हजारौं युवाहरु देश छोडेर गईरहेका बेला यस्ता युवाले स्वदेशमै व्यवसाय संचालन गर्नु अरुको लागि प्रेरणा समेत बनेको छ ।’ रामुदामुले भने ।
- ADVERTISEMENT -

देशको यस्तो विषम परिस्थितिमा कुनैपनि व्यवसाय संचालन गर्न कठिन भएको बताउंँदै रामुदामुले नयांँ व्यवसाय संचालन गर्नु चुनौति रहेको बताए । ‘एकत नेपालमा सबै उद्यम व्यवसाय ओरालो लागेको अवस्था छ , तर यसबीच पनि रेष्टुरेण्ट संचालन गर्नु चुनौति संँगै अवसर पनि छ ।’ रामुदामुले भने । रेष्टुरेण्टले ग्राहकलाई गुणस्तरीय खाना र राम्रो सेवा दिन रामुदामुले आग्रह गरे । उनले आगामी दिनमा चेम्बर अफ कमर्सले यस्ता व्यवसायलाई समेट्दै जाने प्रतिबद्धता समेत व्यक्त गरे ।
रेष्टुरेण्टका संचालक जीवन खड्काले विदेशबाट फर्केर स्वदेशमै केही गरौं भन्ने उद्धेश्य सहित यहांँ रेष्टुरेण्ट संचालनमा ल्याएको बताए । …म ६ बर्ष कोरिया बसे तर त्यहांँ राम्रै कमाई भएपनि देशमै केही गर्नुपर्छ र गर्नसक्ने हिम्मत र आँट गरेर फर्केको हुंँ ।Ú संचालक खड्काले भने ।
- ADVERTISEMENT -

कोरियामा हस्पिटालिटी क्षेत्रमा गरेको अनुभव र सीप नेपालमै लगाउन सके यहांँ पनि विदेशमा जस्तै कमाउन सकिने उनको भनाई थियो ।
खड्काका अनुसार रेष्टुरेण्टमा यथेष्ट पार्किङ्ग सुविधा सहित इण्डियन, चाइनिज, कोरियन कन्टिनेन्टल लगायत नेपाली परिकार पाइनेछ । चालिस लाख लगानीमा संचालनमा आएको यो रेष्टुरेण्टमा बार, क्याविन , मिनी हल लगायतका सुविधा पनि रहेको छ । यहांँ झण्डै आधा दर्जनले रोजगारी पाएका छन ।










































