२०८३ असार ४, बिहीबार
June 18, 2026
२०८३ असार ४, बिहीबार
June 18, 2026 Thursday
- ADVERTISEMENT -

एथ्लेटिक्स ट्रयाकदेखि क्रिकेट मैदान धमाधम निर्माण सुरु

प्रकाशित मिति : २०८३ असार ४ गते
File photo.

महेन्द्रनगर / कञ्चनपुरका खेलकुद पूर्वाधारमा बजेट विनियोजन भएपछि धमाधम संरचना निर्माण अघि बढेको छ ।

जिल्ला खेलकुद समिति कञ्चनपुरका अनुसार यहाँ क्रिकेट मैदान, एथ्लेटिक्सका लागि चार सय मिटर ट्रयाक र हक्कीका लागि खेल मैदान निर्माण भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा चालु आर्थिक वर्षमा खेल संरचना निर्माण भइरहेको बताए ।

जसका लागि क्रिकेट मैदानको माटो भरानका लागि रु ५० लाख, चार सय मिटर ट्रयाकका लागि रु २५ लाख र हक्की खेल मैदान निर्माणका लागि रु १५ लाख विनियोजन भएको छ ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै बक्सिङ्ग प्रशिक्षण केन्द्रको जिर्णोद्धारमा समेत प्रदेश सरकारले काम गरिरहेको छ । आगामी आर्थिक बर्ष २०८३र८४ का लागि केन्द्र सरकारबाट यहाँ क्रिकेट मैदान निर्माणका लागि रु तीन करोड बजेट बिनियोजन भएको छ ।

जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले क्रिकेट मैदानका लागि बजेट आइसकेको बताउँदै त्यसको छरितो कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

“महेन्द्रनगर क्रिकेट खेलाडीको उत्पादनको भूमि हो भन्ने कुरा राष्ट्रिय स्तरमा यहाँका खेलाडीहरुको उपस्थितीबाट पनि प्रमाणित हुन्छ”, अध्यक्ष चन्दले भने, “अब क्रिकेट मैदान बने थप प्रतिभावान खेलाडी उत्पादन हुनेमा सहज हुनेछ ।”

उनले हाल प्रदेश सरकारबाट बिनियोजित रकम रु ५० लाखले मैदानमा माटो भरानको काम भइरहेको बताए । “यसअघि केन्द्र र प्रदेश सरकारबाट बिनियोजित रु २ करोड रकम माटो भरानमै सकियो”, उनले भने, “अब आउने बजेटमा मैदान निर्माण, जेन्जिङ्ग रुम र मिडिया हाउसलगायतका संरचना बनाउने योजना छ ।”

महेन्द्रनगरमा हाल १२/१३ खेलको नियमित प्रशिक्षण हुदै आएको छ । यहाँ कवड्डी, सितोरियो कराँते, तेक्वान्दो, भलिबल, बक्सिङलगायतका खेलका आफ्नै भौतिक पूर्वाधार निर्माण भइसकेका छन् ।

हालै प्रदेश सरकारकै सहयोगमा कुस्ती खेलको पनि प्रशिक्षण हल निर्माण अन्तिम चरणमा छ । कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले खेलकुदको विकास विस्तार एवं पुर्वाधार निर्माणका लागि प्रदेश सरकारसित बजेट माग गरिएको बताए ।

“यसपाली खेल पूर्वाधार निर्माणमा ट्रयाक आधुनिक स्तरको बनाउन थप तीन करोड बजेट माग गरेका थियौ,” अध्यक्ष सिंहले भने । उनले आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारसँग रु साढे ६ करोड माग गरेको बताए । अध्यक्ष सिंहले कञ्चनपुरका स्थानीय तहसँग पनि खेलकुदको विकासका लागि सहकार्य गर्ने गरी प्रस्ताव लगिने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.95
151.55
European Euro
1
174.95
175.65
UK Pound Sterling
1
202.36
203.17
Swiss Franc
1
190.37
191.12
Australian Dollar
1
106.55
106.97
Canadian Dollar
1
107.71
108.13
Singapore Dollar
1
117.62
118.08
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.33
22.42
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.40
41.57
Thai Baht
1
4.63
4.65
UAE Dirham
1
41.10
41.27
Malaysian Ringgit
1
37.11
37.25
South Korean Won
100
9.95
9.99
Swedish Kroner
1
16.06
16.13
Danish Kroner
1
23.40
23.50
Hong Kong Dollar
1
19.27
19.34
Kuwaity Dinar
1
491.77
493.73
Bahrain Dinar
1
400.39
401.98
Omani Rial
1
392.09
393.65