२०८३ असार ३, बुधबार
June 17, 2026
२०८३ असार ३, बुधबार
June 17, 2026 Wednesday
- ADVERTISEMENT -

फिफा विश्वकप : नर्वेको शानदार जित

प्रकाशित मिति : २०८३ असार ३ गते

काठमाडौं / नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।

हालान्डले आफ्नो पहिलो खेलमै दुई गोल र एक असिस्ट गर्दै टोलीलाई समूह ‘आई’ अन्तर्गत इराकविरुद्ध ४–१ को प्रभावशाली जित दिलाएका हुन् ।

- ADVERTISEMENT -

Advertisement

मंगलबार सम्पन्न खेलमा हालान्डका यी गोल अन्तर्राष्ट्रिय फुटबलमा ५६औं र ५७औं गोलसमेत हुन् ।

इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड हालान्डले २९औं मिनेटमा डेभिड मोलर वोल्फेको क्रसलाई उत्कृष्ट ढंगले गोलमा परिणत गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। उनले स्लाइड गर्दै दायाँ खुट्टाको एडी प्रयोग गरेर आकर्षक गोल गरे।

- ADVERTISEMENT -

Advertisement

इराकले भने ३८औं मिनेटमा खेल बराबरीमा ल्यायो। अमिर अलामारीले दिएको क्रसमा आयमेन हुसेनले शक्तिशाली हेडरमार्फत गोल गर्दै स्कोर १–१ बनाएका थिए। यो इराकका लागि हुसेनको ३४औं अन्तर्राष्ट्रिय गोल थियो।

तर, पहिलो हाफ सकिनुअघि हालान्डले इराकी रक्षापंक्तिको गम्भीर गल्तीको फाइदा उठाए। गोलरक्षक जलाल हसनतर्फ फर्काइएको कमजोर ब्याकपासमा उनी चाँडै पुग्दै बल नियन्त्रणमा लिए र सहज गोल गर्दै नर्वेलाई पुनः अग्रता दिलाए।

दोस्रो हाफमा नर्वेले खेलमाथि आफ्नो पकड कायम राख्यो। ७६औं मिनेटमा मार्टिन ओडेगार्डको कर्नरमा लियो ओस्टिगार्डले हेडमार्फत गोल गर्दै टोलीको अग्रता ३–१ बनाए। खेलको अन्तिम क्षणमा हालान्डकै पासमा क्रिस्टियन थोर्स्टभेड्टले गोल थप्दै नर्वेको ४–१ को सानदार जित सुनिश्चित गरे।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.00
151.60
European Euro
1
175.30
175.99
UK Pound Sterling
1
202.69
203.49
Swiss Franc
1
190.09
190.85
Australian Dollar
1
106.80
107.23
Canadian Dollar
1
107.86
108.29
Singapore Dollar
1
117.84
118.30
Japanese Yen
10
9.42
9.45
Chinese Yuan
1
22.35
22.44
Saudi Arabian Riyal
1
40.24
40.40
Qatari Riyal
1
41.44
41.60
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.11
41.28
Malaysian Ringgit
1
37.12
37.27
South Korean Won
100
10.02
10.06
Swedish Kroner
1
16.08
16.15
Danish Kroner
1
23.45
23.55
Hong Kong Dollar
1
19.28
19.35
Kuwaity Dinar
1
491.94
493.89
Bahrain Dinar
1
400.48
402.07
Omani Rial
1
392.23
393.79