२०८३ असार १६, मंगलवार
June 30, 2026
२०८३ असार १६, मंगलवार
June 30, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

युरोपको तापक्रम ३५ डिग्रीभन्दा माथि, साढे ९ करोड मानिस प्रभावित

प्रकाशित मिति : २०८३ असार १६ गते

एजेन्सी / युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको लहरका कारण आज नौ करोड ५० लाखभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ ।

एएफपीको विश्लेषणअनुसार सोमबार १३ करोडभन्दा बढी मानिसले ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम अनुभव गरेको अनुमान गरिए पनि आज प्रभावित जनसङ्ख्या केही घट्ने देखिएको छ । यद्यपि युरोप ९टर्कीबाहेक० का करिब पाँचमध्ये दुई जनाले ३० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमको सामना गर्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

युरोपमा विशेषगरी ग्रीष्मयामको सुरुआतमै यस्तो उच्च तापक्रम असामान्य मानिन्छ । यसले अत्यधिक मृत्यु, विद्यालय बन्द तथा बाहिरी गतिविधि रद्द गर्नुपर्ने अवस्था सिर्जना गरेको छ ।

‘वल्र्ड वेदर अट्रिब्युसन ग्रुप’का वैज्ञानिकले जलवायु परिवर्तन नभएको भए जुन महिनामा यति तीव्र गर्मीको लहर आउनु ‘लगभग असम्भव’ हुने बताएका छन् ।

- ADVERTISEMENT -

Advertisement

आजको गर्मीको लहरबाट मुख्य रूपमा युरोपका पूर्वी र दक्षिणी क्षेत्र प्रभावित हुने जनाइएको छ । हङ्गेरीमा लगभग सम्पूर्ण जनसङ्ख्याले ३५ डिग्री सेल्सियस वा सोभन्दा बढी तापक्रमको सामना गर्ने अनुमान गरिएको छ ।

यस्तै स्लोभाकिया, मोल्डोभा, युक्रेन, रोमानिया, सर्बिया र क्रोएसियामा पनि तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ । साथै स्पेन र इटालीमा पनि लाखौँ मानिस उच्च तापक्रमबाट प्रभावित हुने अनुमान छ ।

एएफपीले यो विश्लेषण जर्मनीको राष्ट्रिय मौसम सेवा ‘ड्यूचर वेटरडिएन्स्ट’को मौसम पूर्वानुमान तथा संयुक्त अनुसन्धान केन्द्रको जनघनत्वसम्बन्धी तथ्याङ्कका आधारमा तयार गरेको जनाएको छ ।

विश्लेषणमा कुनै स्थानमा दिउसोको समयमा ३० देखि ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम पुग्ने पूर्वानुमान भए त्यहाँका बासिन्दालाई प्रभावित जनसङ्ख्यामा समावेश गरिएको जनाइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
172.16
172.84
UK Pound Sterling
1
199.55
200.35
Swiss Franc
1
186.74
187.48
Australian Dollar
1
104.16
104.58
Canadian Dollar
1
106.40
106.82
Singapore Dollar
1
116.71
117.17
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.22
22.31
Saudi Arabian Riyal
1
40.20
40.36
Qatari Riyal
1
41.42
41.58
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.11
41.27
Malaysian Ringgit
1
37.08
37.23
South Korean Won
100
9.78
9.82
Swedish Kroner
1
15.53
15.59
Danish Kroner
1
23.03
23.12
Hong Kong Dollar
1
19.25
19.33
Kuwaity Dinar
1
490.32
492.27
Bahrain Dinar
1
400.45
402.04
Omani Rial
1
392.15
393.70