२०८३ असार ३०, मंगलवार
July 14, 2026
२०८३ असार ३०, मंगलवार
July 14, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती आज, देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रकाशित मिति : २०८३ असार २९ गते

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज (सोमबार) देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् ।

उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ ।

- ADVERTISEMENT -

Advertisement

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । 

त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो ।

- ADVERTISEMENT -

Advertisement

‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । आदिकविको स्मरण गर्दै आज उनको प्रतिमामा माल्यार्पण र प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको छ । घरघरमा उनले नेपाली भाषामा भावानुवाद गरेको रामायण पाठ गरी भानु जयन्ती मनाउँछन् ।

यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाउँदैछन् । भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेका छन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाउने गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.70
153.30
European Euro
1
174.55
175.24
UK Pound Sterling
1
204.47
205.28
Swiss Franc
1
188.66
189.40
Australian Dollar
1
106.00
106.41
Canadian Dollar
1
107.99
108.42
Singapore Dollar
1
118.19
118.66
Japanese Yen
10
9.43
9.46
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.67
40.83
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.57
41.74
Malaysian Ringgit
1
37.51
37.66
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.35
23.44
Hong Kong Dollar
1
19.48
19.56
Kuwaity Dinar
1
496.18
498.13
Bahrain Dinar
1
404.99
406.58
Omani Rial
1
396.60
398.16