२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

१३ विद्यार्थीलाई तमू प्ये ल्हु संघको छात्रवृत्ति

प्रकाशित मिति : २०८३ असार २१ गते

भरतपुर / तमू प्ये ल्हु संघ चितवनले शनिबार चितवनका १३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । ‘तमू सांस्कृतिक प्रतिष्ठान नेपाल’मार्फत प्ये ल्हु संघले चितवनका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । २०५८ सालमा पोखराबाट सुरु भएको छात्रवृत्ति चितवनमा भने विगत सात वर्षअघिदेखि लागू गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

उनका अनुसार कक्षा ९ देखि १२ सम्मका तमू विद्यार्थीको शैक्षिक उन्नयनको लागि प्रतिष्ठानले हरेक वर्ष छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सोहीअनुसार शनिबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनका अध्यक्ष सागर कुमालको विशेष उपस्थितिमा अभिभावकको साथमा उपस्थित गराएर विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

नेफिन चितवनका अध्यक्ष सागर कुमालले आदिवासी जनजाति समुदायलाई शैक्षिक विकासमा माथिल्लो तहसम्म उकास्नको लागि तमू सांस्कृतिक प्रतिष्ठानजस्ता संघसंस्थाको महत्त्वपूर्ण योगदान रहने बताए । जिल्ला तहबाट पनि यस्ता कार्यक्रम गर्न आवश्यक रहेको उनले बताए । ‘विद्यार्थीहरुले पनि आफ्नो शैक्षिक भविष्यको लागि संघसंस्थाले दिएको साथ र सहयोगलाई बिर्सन हुँदैन,’ उनले भने, ‘भोलि आफू लक्ष्यमा पुगिसकेपछि नयाँ पुस्तालाई पनि सहयोग गर्ने भावनाको विकास गराउन जरुरी छ ।’

कार्यक्रममा पछिल्लो समयको शैक्षिक अवस्था, शिक्षा क्षेत्रमा तमू समुदायको अवस्था, उपस्थिति र सम्भावनालगायतका विषयमा प्ये ल्हु संघका दिग्गज व्यक्तिहरुले पनि धारणा राखेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72