२०८३ असार ३०, मंगलवार
July 14, 2026
२०८३ असार ३०, मंगलवार
July 14, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पहिरोले देशका मुख्य राजमार्ग अवरुद्ध, ५६ स्थानमा बाढी

प्रकाशित मिति : २०८३ असार २९ गते
File photo.

काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बाढी र पहिरोले सडक बगाउने र बाटो अवरुद्ध बढेपछि यात्रुहरू बाटोमै अलपत्र परेका छन् ।

गृह मन्त्रालयको विपद् पोर्टलकाअनुसार पछिल्लो एक हप्ता (असार २२ देखि २९ गते) भित्र मात्रै देशका ५६ स्थानमा बाढी, भारी वर्षा र सडक अवरोधका कारण उच्च शतर्कता अपनाउन भनिएको छ ।

- ADVERTISEMENT -

Advertisement

सडक विभाग र प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार बाढी र पहिरोका कारण कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो राजमार्ग ठप्प भएका छन् । असार २९ गते बिहान ६ः३० बजेसम्मको तथ्यांकअनुसार अरनिको राजमार्गदेखि मदन भण्डारी राजमार्गसम्मका मुख्य खण्डहरू पूर्ण रूपमा बन्द छन् ।

वागमती र लुम्बिनी प्रदेशमा धेरै अवरोध 

- ADVERTISEMENT -

Advertisement

विपद् व्यवस्थापन शाखाकाअनुसार वागमती प्रदेशको सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीमा असार २९ गते गएको पहिरोका कारण अरनीको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । यस्तै, कान्ति लोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ भ्यारडेडाँडामा असार २७ गतेदेखि नै पहिरो जाँदा ललितपुर–हेटौँडा जोड्ने बाटो पूर्ण रूपमा अवरुद्ध छ ।

काभ्रेको विपी राजमार्ग अन्तर्गत खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी खण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेशमा पनि सडकको अवस्था उस्तै छ । गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेमा असार २९ गते पहिरो जाँदा मदन भण्डारी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।

यसअघि असार २८ गते रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङमा पहिरो जाँदा घोरही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्ग्रेखोलामा पहिरो जाँदा सालझण्डी–ढोरपाटन सडक खण्ड पूर्णरूपमा बन्द भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिक सिद्धार्थ राजमार्ग भने एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।

कोशी र गण्डकीमा पनि उस्तै

कोशी प्रदेशको इलाम नगरपालिका–९ राजदुवालीमा असार २३ गतेदेखि परेको अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । यद्यपि त्यहाँ वैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन चलाइएको छ ।

मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५ बोखिममा असार १२ गते गएको बाढीका कारण बाटो एकतर्फी मात्र खुला गरिएको छ । उता गण्डकी प्रदेशको कास्की मादी गाउँपालिका–२ ज्याम्दुमा असार २७ गते गएको पहिरोका कारण पोखरा–ताङतिङ सडक खण्ड अहिलेसम्म पूर्ण रूपमा बन्द रहेको स्थानीय प्रशासनले जनाएको छ ।

५६ स्थानमा शतर्कता चेतावनी 

गृह मन्त्रालयको रियलटाइम मोडुलमा आधारित विपद् पोर्टलकाअनुसार पछिल्लो २४ घण्टामा मात्रै सुदूरपश्चिमको कैलालीदेखि पूर्वको सुनसरीसम्म बाढी र सडक अवरोधका नयाँ घटना दर्ता भएका छन् ।

असार २९ गते बिहान ३ः५० बजे कैलालीको कैलारी गाउँपालिका–५ मा बाढी आएको छ । यसैगरी असार २८ गते राति सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा भारी वर्षा भएको थियो भने रुपन्देहीको सैनामैना–१० मा असार २८ गते साँझदेखि सडक बन्द छ ।

पर्वतको जलजला गाउँपालिका–३ मा पनि असार २८ गते दिउँसो र राति गरी दुई पटक बाढी आएपछि त्यस क्षेत्रमा सचेत रहन आग्रह गरिएको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मा पनि असार २८ गते बिहानदेखि सडक अवरुद्ध छ ।

प्रहरी तथा स्थानीय प्रशासनले आवश्यक कामबाहेक पहिरो जाने र नदी तटीय क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई अपिल गरेका छन् । अवरुद्ध सडकहरू खुलाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण काममा बाधा पुगिरहेको सडक विभागका अधिकारीहरूले बताएका छन् । –न्युज एजेन्सी नेपाल

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.23
152.83
European Euro
1
173.75
174.43
UK Pound Sterling
1
204.10
204.91
Swiss Franc
1
188.28
189.02
Australian Dollar
1
105.84
106.26
Canadian Dollar
1
107.53
107.96
Singapore Dollar
1
117.85
118.31
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.78
41.94
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.45
41.61
Malaysian Ringgit
1
37.40
37.55
South Korean Won
100
10.15
10.19
Swedish Kroner
1
15.75
15.82
Danish Kroner
1
23.25
23.34
Hong Kong Dollar
1
19.42
19.49
Kuwaity Dinar
1
494.65
496.60
Bahrain Dinar
1
403.76
405.35
Omani Rial
1
395.38
396.94