Opens in a new tab
२०८३ आश्विन ७, बुधबार
September 23, 2026
२०८३ आश्विन ७, बुधबार
September 23, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा भोलि ३२औँ विश्व आदिवासी दिवस मनाइँदै

प्रकाशित मिति : २०८३ श्रावण २३ गते

भरतपुर / नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) चितवनले ३२औँ विश्व आदिवासी दिवस भोलि (आइतबार) विभिन्न सांस्कृतिक कार्यक्रम तथा छलफलसहित मनाउने भएको छ ।

भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेफिन चितवनका अध्यक्ष सागर कुमालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

उनका अनुसार कार्यक्रममा नेफिन चितवनअन्तर्गत रहेका १६ वटा घटक संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।

हरेक वर्ष अगस्ट ९ तारिखलाई विश्वभरका आदिवासी जनजातिले विश्व आदिवासी दिवसका रूपमा मनाउँदै आएका छन् । आदिवासी जनजातिको अधिकार, पहिचान र समानताका विषयमा आवाज उठाउने तथा राज्यलाई आफ्ना हकअधिकार सुनिश्चित गर्न दबाब दिने अवसरका रूपमा समेत यो दिवस मनाउने गरिएको छ ।

नेफिन चितवनका अनुसार कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै चितवनका आदिवासी जनजाति समुदायले भोग्दै आएका समस्या र तिनको समाधानका उपायबारे छलफल तथा बहस हुनेछ ।

विशेषगरी चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट प्रभावित आदिवासी जनजाति समुदायका समस्या, उनीहरूको अधिकार र संरक्षणका नाममा समुदायमाथि परेको प्रभावका विषयमा समेत कार्यक्रममा छलफल गरिने जनाइएको छ ।

यसैबीच, नेफिनको संघीय समितिले काठमाडौंको खुलामञ्चमा विशाल कार्यक्रम आयोजना गरी विश्व आदिवासी दिवस मनाउने तयारी गरेको छ । संघीय समितिको परिपत्रअनुसार देशभरका जिल्ला शाखाहरूले पनि विभिन्न कार्यक्रम आयोजना गर्न लागेका हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05