२०८३ भाद्र ३, बुधबार
August 19, 2026
२०८३ भाद्र ३, बुधबार
August 19, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अदालतबाट दोषी ठहर ६७ फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति : २०८३ भाद्र ३ गते

गण्डकी / कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ५८ पुरुष र नौ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । प्रतिवादीहरूबाट आठ वर्ष सात महिना ११ दिन कैद र रु ३७ लाख ९६ हजार ५२० बिगो असुल उपर भएको उनको भनाइ छ ।

- ADVERTISEMENT -

Advertisement

चेक अनादर, बिगो लेनदन, बैङ्किङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारलगायत कसुरमा अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको छ ।

कार्यालयले गत महिना चालु मुद्दामा १८१ जनालाई पक्राउ गरिएको जनाएको छ । साउनमा अपराधसँग सम्बन्धित १६८ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका १३, आर्थिक अपराधका ५३ र अन्य अपराधसँग सम्बन्धित ८२ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.80
153.40
European Euro
1
176.93
177.62
UK Pound Sterling
1
206.75
207.56
Swiss Franc
1
188.26
189.00
Australian Dollar
1
108.63
109.06
Canadian Dollar
1
110.17
110.61
Singapore Dollar
1
119.59
120.06
Japanese Yen
10
9.57
9.61
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.70
40.86
Qatari Riyal
1
41.92
42.08
Thai Baht
1
4.62
4.63
UAE Dirham
1
41.61
41.77
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
10.84
10.88
Swedish Kroner
1
16.05
16.11
Danish Kroner
1
23.67
23.76
Hong Kong Dollar
1
19.48
19.56
Kuwaity Dinar
1
497.48
499.43
Bahrain Dinar
1
405.31
406.90
Omani Rial
1
396.88
398.44