२०८३ भाद्र २, मंगलवार
August 18, 2026
२०८३ भाद्र २, मंगलवार
August 18, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

जुवातास खेलिरहेका घरधनीसहित १४ जना पक्राउ

८२ हजार बढी नगद बरामद
प्रकाशित मिति : २०८३ भाद्र २ गते
file photo

चितवन / रत्ननगर नगरपालिका–१५, खोलेसिमलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले घरधनीसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ८२ हजार ९०५ रुपैयाँ नगदसहित तास र मोबाइल बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभुसन यादवका अनुसार स्थानीय ५१ वर्षीय कृष्ण लामाको घरमा जुवातास खेलिरहेको विशेष सूचना पाएपछि प्रहरी टोलीले छापा मारेको थियो ।

- ADVERTISEMENT -

Advertisement

गत साउन २८ गते दिउँसो करिब १२ बजे प्रहरी वरिष्ठ नायव निरीक्षक जीवन सुनारीको कमाण्डमा खटिएको ‘क्याप’ टोलीले लामाको घरको भान्छा कोठामा छापा मारेको थियो । सो क्रममा घरधनी कृष्ण लामासहित रत्ननगर–१५ का भीमबहादुर तामाङ (३९) र अमन लामा (४६), कालिका–६ का वीरबहादुर तामाङ (५४), अमृत लामिछाने (४४), सूर्य मगर (५५), विष्णुलाल श्रेष्ठ (४४), सन्तोष लामिछाने (३९) र विजय थापा (४३) पक्राउ परेका हुन् ।

त्यस्तै, कालिका–१ का चन्द्रकान्त सुवेदी (५२), कालिका–७ का राजु केसी (५२), भरतपुर–१५ का अमित गुरुङ (४३), तनहुँ देवघाट–१ का चन्द्र गुरुङ (३२) तथा गोरखा आरुघाट घर भई हाल रत्ननगर–१५ बस्दै आएका मिठे सुर्खेती (३८) लाई पनि प्रहरीले जुवाको खालबाटै नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार जुवाको खालबाट १३ हजार ९५५ रुपैयाँ र पक्राउ परेका व्यक्तिहरूको साथबाट थप ६८ हजार ९५० रुपैयाँ गरी कुल ८२ हजार ९०५ रुपैयाँ बरामद गरिएको छ । घटनास्थलबाट ४ बुक तास र १४ थान मोबाइलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्तिहरू, बरामद नगद तथा मोबाइल आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरी चौकी खोलेसिमल र इलाका प्रहरी कार्यालय टाँडीको मुचुल्का टोलीलाई बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.67
153.27
European Euro
1
177.03
177.72
UK Pound Sterling
1
207.00
207.81
Swiss Franc
1
188.55
189.29
Australian Dollar
1
108.78
109.20
Canadian Dollar
1
110.17
110.60
Singapore Dollar
1
119.64
120.11
Japanese Yen
10
9.59
9.63
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.66
40.82
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.63
4.64
UAE Dirham
1
41.57
41.73
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
10.81
10.85
Swedish Kroner
1
16.10
16.16
Danish Kroner
1
23.68
23.77
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.22
499.17
Bahrain Dinar
1
404.95
406.54
Omani Rial
1
396.53
398.09