काठमाडौं / त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीको बहाव बढ्दा सडकको तल्लो भाग कटान भएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले जानकारी दिइन्।
- ADVERTISEMENT -

प्रजिअ पाण्डेयका अनुसार बाढीले सडक कटान गरेपछि केही भाग भासिएको छ, जसका कारण सडकमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो ।
आज (आइतबार) बिहान केहीबेर सडक अवरुद्ध भए पनि खुलाइएको थियो । तर, केही समयमै पुनः बाढीको प्रभाव बढेपछि सडक पूर्ण रूपमा बन्द भएको हो ।
सडक अवरुद्ध भएपछि काठमाडौं–मुग्लिन सडकखण्ड हुँदै यात्रा गर्ने यात्रु तथा सवारीसाधन बाटोमै अलपत्र परेका छन् ।















































