२०८३ भाद्र १३, शनिबार
August 29, 2026
२०८३ भाद्र १३, शनिबार
August 29, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

पृथ्वी राजमार्ग आज साँझसम्म पूर्ण सञ्चालनमा ल्याउने तिब्र प्रयास

प्रकाशित मिति : २०८३ भाद्र १२ गते

काठमाडौं / त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड सुचारु गर्न निर्माण व्यवसायीका उपकरणहरू प्रयोग गरी मर्मत कार्यलाई तिब्रता दिइएको छ ।

धादिङको गल्छीदेखि मुग्लिनसम्मका विभिन्न स्थानमा थुप्रिएको हिलो र पहिरो पन्छाउने कार्य जारी रहेको हो । सडक विभागकाअनुसार राजमार्गका विभिन्न खण्डमा निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेण्ट तथा यान्त्रिक उपकरणहरू परिचालन गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

बाढीले पृथ्वी राजमार्गको करिव १५ किलोमिटर सडक खण्डमा क्षति पु¥याएको छ । यसका साथै सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेका निर्माण व्यवसायीका पिच प्लान्ट र अन्य उपकरणहरू समेत बाढीले बगाएको छ । सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलले सडक विभागसँग पहिरो पन्छाउने अनुभव भएपनि हिलो र लेदो व्यवस्थापनमा केही जटिलता आएको बताए ।

उनका अनुसार निर्माण व्यवसायीका पर्याप्त हेभी मेसिनरी प्रयोग गरेर बैरेनीको १४ सय मिटर र जरेखेतको ४ सय मिटर सडक खण्डमा जमेको हिलो सफा गरी यातायात सुचारु गरिसकिएको छ ।

यद्यपि, जरेखेत क्षेत्रमा सवारी आवागमनमा अझै केही समस्या रहेको र पोखरे, बाँगे तथा गलौँदी क्षेत्रको करिब ७ सय मिटर सडकमा यातायात सञ्चालन हुन बाँकी रहेको छ ।

सडक स्तरोन्नतिको जिम्मेवारी पाएको शर्मा–लामा जेडआईइसी कम्पनीको उपकरणहरू परिचालन गरी अवरोध हटाउने कार्य भइरहेको छ । इन्जिनियर पौडेलले आज साँझसम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.57
153.17
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
207.09
207.91
Swiss Franc
1
189.29
190.04
Australian Dollar
1
109.48
109.91
Canadian Dollar
1
109.89
110.33
Singapore Dollar
1
119.94
120.41
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.70
22.79
Saudi Arabian Riyal
1
40.64
40.80
Qatari Riyal
1
41.85
42.02
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.54
41.71
Malaysian Ringgit
1
37.83
37.98
South Korean Won
100
11.03
11.08
Swedish Kroner
1
16.00
16.06
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
497.21
499.17
Bahrain Dinar
1
404.69
406.28
Omani Rial
1
396.30
397.86