Opens in a new tab
२०८३ आश्विन २४, शनिबार
October 10, 2026
२०८३ आश्विन २४, शनिबार
October 10, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चाडपर्वमा तोकिएको भाडाभन्दा बढी लिनेलाई कारबाही

प्रकाशित मिति : २०८३ आश्विन २२ गते
File Photo.

काठमाडौँ / नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार सरकारले तोकेकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरिने जानकारी दिए । सरकारले यस वर्षको दसैँका लागि यही असोज २३ गतेदेखि देशभरका यात्रुवाहक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरिसकेको छ ।

- ADVERTISEMENT -

Advertisement

यात्रु तथा मालवाहक यातायात सञ्चालनलाई सहज, व्यवस्थित र सुरक्षित बनाउन यातायात व्यवस्था विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, मजदुर सङ्घ–सङ्गठन, प्रहरी प्रधान कार्यालय तथा उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

महासङ्घले सात प्रदेश, जिल्ला समिति तथा सदस्य सङ्घ–संस्था र काठमाडौँको गोङ्गबु बसपार्कमा कार्यरत शाखा प्रमुख तथा कर्मचारीलाई आवश्यक निर्देशन दिएको छ । महासङ्घका अनुसार अग्रिम टिकट बुकिङ काउन्टरमा खटिने कर्मचारीले तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्नेछ ।

- ADVERTISEMENT -

Advertisement

यात्रुसँग नम्र व्यवहार गर्दै सहज रूपमा टिकट उपलब्ध गराई सुरक्षित यात्राको सुनिश्चितता गर्नुपर्नेछ । दसैँको भीडलाई व्यवस्थापन गर्दै यही असोज २५ गते घटस्थापनादेखि आगामी कात्तिक ८ गतेसम्म नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायत ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइने छ ।

प्रचलित कानुनअनुसार खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनको आवतजावतमा भने कुनै रोक लाग्ने छैन । त्यसैगरी, घटस्थापनादेखि आगामी कात्तिक १० गतेसम्म यात्रुवाहक सवारीसाधनका लागि नेपालभर लामो तथा मध्यम रुट परमिट खुला गरिएको छ ।

सडकको विशेष प्रकृतिका कारण निश्चित आकार–प्रकारका सार्वजनिक सवारीसाधन सञ्चालनमा लगाइएको प्रतिबन्ध भने यथावत् रहने महासङ्घले जनाएको छ । काठमाडौँ उपत्यकाका प्रमुख नाकामा स्थापना गरिएका यात्रु सहायता कक्षको अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागले ‘फोकल पर्सन’सहितको टोली परिचालन गर्नेछ ।

महासङ्घका तर्फबाट गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर, गौशाला तथा चाबहिल क्षेत्रमा जिम्मेवारी तोकिएको छ । यात्रुवाहक सवारीसाधनको ‘फिटनेस’ परीक्षणलाई प्राथमिकता दिइएको छ ।

यातायात व्यवस्था विभागको सवारी परीक्षण कार्यालय, टेकुबाट प्राविधिक कर्मचारी खटाई गोङ्गबु बसपार्कमै सवारीसाधनको निःशुल्क फिटनेस परीक्षणको व्यवस्था मिलाइने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.32
173.99
UK Pound Sterling
1
204.55
205.35
Swiss Franc
1
185.92
186.64
Australian Dollar
1
107.83
108.25
Canadian Dollar
1
108.57
108.99
Singapore Dollar
1
120.68
121.15
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.15
41.31
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.62
UAE Dirham
1
42.06
42.23
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.56
Swedish Kroner
1
15.51
15.57
Danish Kroner
1
23.19
23.28
Hong Kong Dollar
1
19.69
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.11
410.70
Omani Rial
1
401.24
402.80