एजेन्सी / न्युजिल्याण्डमा शनिवार सन् २०२६ को आमनिर्वाचनका लागि मतदान भएको छ । निर्वाचनमा सत्तारुढ नेसनल पार्टी नेतृत्वको गठबन्धन र विपक्षी लेबर पार्टी नेतृत्वको गठबन्धनबीच कडा प्रतिष्पर्धा देखिएको छ ।
प्रधानमन्त्री क्रिस्टोफर लक्सन नेतृत्वको मध्य–दक्षिणपन्थी नेशनल पार्टी लगातार दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छ । सन् २०२३ मा सत्तामा आएको नेसनल पार्टीलाई पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स नेतृत्वको लेबर पार्टीले चुनौती दिएको छ ।
यस निर्वाचनमा महँगी, आर्थिक वृद्धि, रोजगारी तथा सार्वजनिक सेवा प्रमुख चुनावी मुद्दा बनेका छन् । जनजीवनको बढ्दो लागत र आर्थिक अवस्थाप्रति मतदाताको चिन्ताका बीच दुवै प्रमुख राजनीतिक शक्तिले आफ्नो पक्षमा जनमत जुटाउने प्रयास गरेका छन् ।
निर्वाचन आयोगका अनुसार देशभर शनिबार बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म दुई हजार ३०० भन्दा बढी मतदान केन्द्र सञ्चालनमा थिए । यसअघि करिव दुई सातादेखि अग्रिम मतदानको व्यवस्था गरिएको थियो । निर्वाचनका लागि करिव ३८ लाख मतदाता अस्थायी रूपमा दर्ता भएका थिए ।
- ADVERTISEMENT -

यो मतदान गर्न योग्य अनुमानित जनसङ्ख्याको ९३।६ प्रतिशत हो । निर्वाचन आयोगका अनुसार बिहीबारसम्म १६ लाख ६६ हजार ९०८ मत खसिसकेको थियो । सन् २०२३ को निर्वाचनमा सोही अवधिसम्म १३ लाख ७९ हजार ९८५ मत खसेको थियो ।
मतसर्वेक्षणहरूले दुवै प्रमुख राजनीतिक गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखाएका छन् । कुनै पनि गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्ने सम्भावना कमजोर देखिएकाले सरकार गठनमा साना राजनीतिक दलहरूको भुमिका निर्णायक हुनसक्ने अनुमान गरिएको छ ।
न्युजिल्याण्डमा संसद् निर्वाचनका लागि मिश्रित सदस्य समानुपातिक निर्वाचन प्रणाली ९एमएमपी० अपनाइन्छ । यस प्रणालीअन्तर्गत सामान्यतया दुई वा दुईभन्दा बढी राजनीतिक दल मिलेर सरकार गठन गर्ने गर्छन् । निर्वाचनको आधिकारिक परिणाम नोभेम्बर २७ मा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।
















































