Opens in a new tab
२०८३ मंसिर ९, मंगलवार
November 24, 2026
२०८३ मंसिर ९, मंगलवार
November 24, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर–२२ बालमैत्री वडा घोषणा, महानगरका १५ वडा बालमैत्री घोषित

प्रकाशित मिति : २०८३ मंसिर ९ गते
Photo : Bina Tamang / newsprabah

चितवन / भरतपुर महानगरपालिका वडा नं. २२ लाई ‘बालमैत्री वडा’ घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासनका निर्धारित सूचक पूरा गरेसँगै वडालाई बालमैत्री घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका अधिकारीले बालबालिकाको अधिकार संरक्षण, सर्वाङ्गीण विकास र बालमैत्री वातावरण निर्माण गर्नु स्थानीय सरकारको महत्वपूर्ण दायित्व भएको बताए ।

उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागितालाई प्राथमिकता दिँदै उनीहरूको उज्ज्वल भविष्य निर्माणमा सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति तथा वडाअध्यक्ष विष्णुराज महतोले स्वागत मन्तव्य दिँदै बालमैत्री वडा घोषणा गर्न सहयोग गर्ने जनप्रतिनिधि, कर्मचारी, विद्यालय, बाल सञ्जाल, अभिभावक तथा सरोकारवालालाई धन्यवाद दिँदै घोषणाको उपलब्धिलाई दिगो बनाउन सबैको निरन्तर सहयोग आवश्यक रहेको बताए ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा वडा बाल सञ्जालका अध्यक्ष साहिर मियालाई सम्मानपत्र प्रदानद्वारा सम्मानित गरिएको थियो । यस्तै, अपाङ्गता भएका बालबालिकाको सहज आवागमनका लागि ह्वीलचियर वितरण गरिएको थियो ।

सो अवसरमा बालबालिकाले गीतमार्फत अतिथिहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १ का अध्यक्ष केशव महर्जन, वडा नं. ७ का अध्यक्ष राजेन्द्रमणि काफ्ले, वडा नं. १६ का अध्यक्ष अमृत हमाल, वडा नं. १७ का अध्यक्ष ललितमान तामाङलगायत जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेल तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

वडा अध्यक्ष विष्णुराज महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पञ्चमाया तामाङले गरेकी थिइन् ।

यसअघि भरतपुर महानगरपालिकाका १४ वटा वडा बालमैत्री घोषणा भइसकेका थिए । वडा नं. २२ घोषणासँगै महानगरमा बालमैत्री घोषित वडाको संख्या १५ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.36
148.96
European Euro
1
162.83
163.48
UK Pound Sterling
1
194.57
195.35
Swiss Franc
1
176.81
177.52
Australian Dollar
1
98.61
99.01
Canadian Dollar
1
103.55
103.97
Singapore Dollar
1
115.05
115.51
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.26
22.35
Saudi Arabian Riyal
1
39.54
39.70
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.36
4.38
UAE Dirham
1
40.39
40.56
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
11.03
11.07
Swedish Kroner
1
14.52
14.58
Danish Kroner
1
21.78
21.87
Hong Kong Dollar
1
18.92
19.00
Kuwaity Dinar
1
480.28
482.23
Bahrain Dinar
1
393.27
394.86
Omani Rial
1
385.34
386.90