April 19, 2024

दाउन्नेमा पहिरो, नारायणगढ–बुटवल सडक–खण्ड अवरुद्ध

September 24, 2020

गैँडाकोट / बुधबार बिहानैदेखि निरन्तर वर्षाका कारण नारायणगढ बुटवल सडक खण्डमा पर्ने दाउन्नेमा पहिरो गएको छ । पहिरोका कारण नारायणगढ बुटवल सडक खण्ड बिहानैदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जानकारी दिएको छ ।
प्रहरी कार्यालयका अनुसार पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाँउपालिका क्षेत्रमा पर्ने दाउन्ने पहाडमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
दाउन्नेका ४ ठाँउमा पहिरो खसेको छ भने लगातार वर्षा भैरहेकोले सडक खुलाउन केही घण्टा अझै लाग्ने प्रहरीले बताएको छ । सडक अवरुद्ध भएपछि गए रातिदेखि सवारी साधन पूर्णरुपमा अवरुद्ध भएका छन् । पहिरो हटाएर सडक खुलाउने काम भैरहेको प्रहरीको भनाई छ ।

- ADVERTISEMENT -