२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

जाजरकोट जीप दुर्घटनाका आफन्तले बुझेनन् शव

प्रकाशित मिति : २०७७ आश्विन २२ गते

जाजरकोट / जाजरकोटमा बुधबार भएको जीप दुर्घटनामा मृतकका आफन्तले शव बुझेका छैनन्। मापदण्डविपरीत बनेको सडक र चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै आफन्तले छलफल नगरी शव नबुझ्ने बताएका छन्।
स्थानीय जनप्रतिनिधिको पहलमा उनीहरूले शव नबुझेपछि जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ।
छलफलका लागि प्रमुख जिल्ला अधिकारीसहित आफूहरू घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको प्रमुख प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार जीपका चालक फरार रहेको आशंका गरिएको छ।
‘चालकको मोबाइल गाडीमै छुटेको छ, शव पनि भेटिएको छैन,’ उनले भने,‘फरार भएको भनेर भन्न त सकिँदैन, आशंका भने त्यही हो।’
मृतकका आफन्तले भने चालक गोर्ख बहादुर बस्नेतको घर र पसलमा आगो लगाइदिएका छन्।
सयौंको संख्यामा टोली गएर चालकको जुनीचाँदे-५ मटेलमा रहेको घर र छेडागाड नगरपालिकाको सुवानाउलीमा रहेको पसलमा आगो लगाइदिएको भन्ने जानकारी आएको डिएसपी श्रेष्ठले बताए। त्यसतर्फ प्रहरी टोली पठाइएको उनले बताए।
बुधबार दिउँसो २ बजेतिर जुनीचाँदे गाउँपालिका-२ को औलखोलामा भएको जीप दुर्घटनामा वडा अध्यक्षसहित ७ जनाको मृत्यु भएको छ।
जाजरकोट सदरमुकाम खलंगादेखि जुनीचाँदे गाउँपालिका जान लागेको भे १ ज ९३५ नम्बरको जीप सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका-११ का वडा अध्यक्ष अमरबहादुर शाही, सोही वडाका ६५ वर्षीय कृती बहादुर शाही, जुनीचाँदे गाउँपालिका-५ की मालिका बस्नेत, सोही वडाका २८ वर्षीय कृष्ण बहादुर शाही, ३० वर्षीय खिम बहादुर शाही र छेडागाड नगरपालिका-५ का कर्ण बहादुर शाही रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20