काठमाडौं / चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारका विभिन्न ६ बुँदे माग राखेर २७ दिनदेखि आमरण अनसनमा बसेका डा गोविन्द केसी र सरकारबीच शनिबार राति सहमति भएको छ । डा केसी पक्ष र सरकारी वार्ता टोलीबीच शनिबार राति भएको वार्तापछि ८ बुँदे सहमति भएको हो ।
सहमतिपछि डा केसीले आइतबार बिहान २८औँ दिनमा अनसन तोड्ने छन् । शुक्रबार र शनिबार दिनभर आन्तरिक तथा द्विपक्षीय गृहकार्यमा रहेका दुवै पक्षका वार्ता टोली शनिबार राति अबेर मात्र सहमतिमा पुग्न समर्थ भएका हुन् । बिहीबार नै सहमतिनजिक भएको भनिएको वार्ता शुक्रबार बेलुकी भने दुवै पक्ष एकाएक आक्रामक बनेका थिए ।
शुक्रबार सहमतिनजिक पुगेर वार्ता भाँडिएपछि डा केसी पक्षले आन्दोलनका कार्यक्रम सार्वजनिक गरिसकेको थियो । सहमतिअनुसार आउँदो शैक्षिक सत्रदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एमबीबीएसका कार्यक्रमको पठनपाठन गरिनेछ ।
कैलालीको गेटामा पनि मेडिकल कलेज स्थापना गरी २०८० भित्रै एमबीबीएस पढाइ थाल्न पनि सरकारी पक्ष राजी भएको छ । एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक आगामी हिउँदे अधिवेशनमा संसदमा पेस गर्न पनि सरकारले प्रतिबद्धता जनाएको छ ।
अन्य स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि पर्याप्त बजेट व्यवस्था गर्ने, चिकित्सा अध्यापन थाल्ने लगायतका सहमति पनि सरकारले केसीसँग गरेको छ । बयलपाटा अस्पतालमा निःशुल्क सेवाको व्यवस्था गर्ने, पीसीआर परीक्षण र कोभिड उपचारका लागि सरकारी अस्पतालहरुको क्षमता विस्तार गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ । तर पीसीआर परीक्षण निःशुल्क गर्न भने सरकारले मानेको छैन । जबकि सर्वोच्च अदालतले नै निःशुल्क परीक्षणको व्यवस्था गर्न सरकारका नाममा परमादेश जारी गरिसकेको छ ।
- ADVERTISEMENT -

सरकार र डा. केसीबीच ८ बुँदे सहमति, आज अनसन तोड्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20










