२०८३ असार १४, आईतवार
June 28, 2026
२०८३ असार १४, आईतवार
June 28, 2026 Sunday
- ADVERTISEMENT -

ट्राफिकले बनायो चितवनका चार स्थानमा यात्रु सहायता कक्ष

प्रकाशित मिति : २०७७ आश्विन २७ गते

चितवन / जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनद्वारा चितवनका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । नेपालीहरुको महान् चाड, दशै, तिहार, छठलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
बढी मानिसहरुको भीडभाड हुने क्षेत्र नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु सहायता कक्ष स्थापना गरेको हो । यस कक्ष स्थापनाका लागि एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले सहयोगी भूमिका निर्वाह गरेको छ ।
चाडबाडका बेला समस्यामा परेका यात्रु र व्यक्तिहरुलाई समयमै उद्धार र सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख जयकृष्ण भट्टले जानकारी दिए । उनले भने–‘दशैं तथा तिहार मनाउन जिल्लामा भित्रिने र बाहिरिने यात्रुहरुको सहजता र सुरक्षालाई मध्यनजर गरेर कक्षको स्थापना गरेका छौं, चाडबाडको अवधिभर हामीले यसैबाट सहयोगी भूमिका निर्वाह गर्छौ ।’ उनले जिल्ला प्रहरी कार्यालय चितवनको चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत सहायता कक्ष निर्माण गरिएको बताए ।
सहायता कक्षको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले औनपचारिक रुपमा उद्घाटन गरेका थिए । सरकारले नै औपचारिक कार्यक्रम नगर्न र उद्घाटन जस्ता कार्यक्रम नगर्न भनेपछि प्रजिअ घट्टराईले अनौपचारिक रुपमै कार्यको शुभारम्भ भएको घोषणा गरेका थिए । सो क्रममा बोल्दै प्रजिअ भट्टराईले सरकारले जो जहाँ छन् त्यही बसेर चाडबाड मनाउन आग्रह गरिएकोले सोही अनुरुप मनाउन आग्रह गरे ।
उनले यसपटक विल्कुलै फरक तवरले चाडबाड मनाउनु पर्ने भएकाले सबैले सजगता अपनाएर मनाउन आग्रह गरे । उनले यस सहायता कक्षले आपतविपतमा परेका यात्रुको व्यवस्थापन र यातायातमा अपनाइएको सुरक्षा मापदण्डका विषयमा समेत अनुगमन गर्ने प्रजिअ भट्टराईले बताए । उनले जुन उद्देश्यले सहायता कक्ष स्थापना गरिएको छ सो उद्देश्य पुरा गर्न सकियो भने बल्ल सफल हुने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले चाडबाडमा हुने घटनाहरु हुन नदिन प्रहरी सतर्क रहेको बताए । उनले चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत नै सहायता कक्ष स्थापना भएको भन्दै नागरिकको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेको बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11