२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

बेसहारा महतो दिदीबहिनीले दशैंमा पाए ‘नयाँ घर’

प्रकाशित मिति : २०७७ कार्तिक १० गते

चितवन / कालिका नगरपालिका–५, पदमपुर निवासी मुसनी महतो र फोहरी महतोले दसैंको टिकाको अघिल्लो दिन उपहार स्वरुप ‘नयाँ घर’ पाएका छन् । दुई कोठे घर बनाएर उनीहरुलाई हस्तान्तरण गरिएको सिंगो समुहका नेतृत्वकर्ता तथा समाजसेवी मुरलीप्रसाद गजुरेल तथा घर निर्माणका लागि देश बिदेशमा बस्ने नेपालीहरुले सहयोग गरेको हो भने बसोबासका लागि उनका बहिनीहरू एतरिया महतो र ठगनी महतोले जग्गा उपलव्ध गराएका हुन् ।
समाजसेवी गजुरेलका अनुसार घर निर्माणका लागि कुल ३ लाख ८२ हजार ८९ रुपैयाँ संकलन भएकोमा २ लाख ९७ हजार ९४६ रुपैयाँ खर्च भएको बताए । संकलित रकमबाट केही बचत भएकाले सो रकम सामाजिक कार्यमा खर्चने उनले बताए । पारदर्शिताका लागि सहयोग गर्ने दाताहरुको नाम घरको भित्तामा लेखिएको उनले भने ।
नयाँ घर हस्तान्तरण अघि स्वयं ती दिदी बहिनीले रिवन काटेर उद्घाटन गरे भने सिंगो समूहले घरको चाबी हस्तान्तरण गरेका थिए । ती दिदी बहिनी ज्यानले सक्ने बेला सम्म अरुको काम गरेर गुजारा चलाउँदै आएका थिए । सिंगो समुहमा गजुरेल सहित प्रेम रिमाल, कमल पाठक, लेख बहादुर पुन, असोक न्यौपाने छन् । घर निर्माणमा पत्रकार सन्तकुमार चौधरीले सहजीकरण गरेका थिए ।
सिंगो समुहका सदस्य प्रेम रिमालको अध्यक्षतामा भएको घर हस्तान्तरण कार्यक्रममा सोही वडा अध्यक्ष जिएन महतो, नेपाल बार एशोसिएसन चितवनका अध्यक्ष कमल पाठक, गाउँ बेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपि किरण शर्मा, पुर्बी चितवन पत्रकार संघका अध्यक्ष होमनाथ सापकोटा, भारत प्रवासी संघ केन्द्रीय सदस्य दुर्गादत्त पौडेल लगायतले मन्तव्य राखेका थिए ।
गजुरेल सहितको टोलीले लकडाउनको अवधिमा मात्रै करिब तीन सय बढी परिवारलाई खाद्यान्न सहयोग गरिसकेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96