March 28, 2024

कोरोना महामारी नियन्त्रण गर्न थप कडा प्रतिबन्ध गर्न सुझाव : डब्लूएचओ

October 27, 2020

जेनेभा / विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना महामारी नियन्त्रणका लागि सरकारहरुलाई कडा प्रतिबन्ध लाउनु परे पछि नहट्न सुझाव दिएको छ । सङ्क्रमण बढिरहेको भए पनि यसविरुद्ध कडा कदमहरू चालेमा महामारी नियन्त्रण गर्न सकिने उसको दृढता छ ।
तर भाइरस नियन्त्रणका लागि आवश्यक पर्ने कडा प्रतिबन्धका नियमहरू पालना गर्न सरकारहरू तयार हुनुपर्ने भन्दै डब्ल्यूएचओले सचेत गराएको हो ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरसविरुद्धको लडाइँ देशहरूले छोड्न नसक्ने र छोड्न नहुने बताए ।
को प्रति लक्षित ?
डब्ल्यूएचओले अहिलेकै अवस्थामा यदि सबैले सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने, घरबाटै काम गर्नेजस्ता जिम्मेवारी निर्वाह गरेमा पूर्णरूपमा लकडाउन नगर्न पनि सकिने जनाएको छ ।
यसअघि पनि डब्ल्यूएचओले उत्तरी गोलार्द्धका मुलुकहरू ’कठिन अवस्थामा’ रहेको भन्दै चेतावनी दिएको थियो ।
महानिर्देशक गेहब्रेयससले आउँदा केही महिना असाध्यै कठिन रहेको र केही मुलुकहरू खतरनाक बाटोमा रहेको बताएका थिए। उनको पछिल्लो भनाइ स्पष्ट रुपमा ट्रम्प प्रशासनका चिफ अफ स्टाफको पछिल्लो अभिव्यक्तितर्फ लक्षित देखिन्छ ।
यसअघि चिफ अफ स्टाफ मार्क मेडोजले ट्रम्प प्रशासन कोरोनाभाइरसको विश्वव्यापी महामारी नियन्त्रण गर्न नभइ खोप विकास गर्न प्रयासरत रहेको बताएका थिए ।
अमेरिकाले ’महामारी नियन्त्रण गर्ने नभइ’ खोप बनाउने र चिकित्सकीय विधि जस्ता कुरामा जोड दिएर त्यसलाई मत्थर पार्दै पराजित गर्न सकिने उनको विश्वास थियो । (बीबीसीबाट)

- ADVERTISEMENT -
- ADVERTISEMENT -