March 29, 2024

चितवनमा मदन भण्डारी फाउण्डेशनद्वारा निशुल्क आँखा शिविर

November 27, 2020
sketch

रत्ननगर / मदनभण्डारी फाउण्डेशनले पूर्वी चितवनका दुई वटा नगरपालिकामा मंसिर १३ गते निशुल्क आँखा शिविर आयोजना गर्ने भएको छ ।
आँखा अस्पताल भरतपुर र मदन भण्डारी फाउन्डेसन क्षेत्र नं १ क्षेत्रीय समिति, मदन भण्डारी फाउन्डेसन खैरहनी नगरपालिका, राप्ती नगरपालिका तथा साना किसान बीरेन्द्रनगरको संयुक्त आयोजनमा शिविर आयोजना गरिएको फाउण्डेशन अन्तर्गतको स्पोर्टस एकाडेमी राप्तीका संयोजक केदार आचार्यले जानकारी दिए ।
मोतीबिन्दु तथा आँखाका जटिल समस्य भएका ५० बर्ष भन्दा माथिका बृद्धबृद्धा तथा अति बिपन्न परिवारहरुलाई मध्यनजर शिविर आयोजना गरिएको क्षेत्रीय समितिका अध्यक्ष गोविन्द कँडेलले जानकारी दिए । खैरहनी नगरपालिका वडा नं ११ मा रहेको आधारभुत निम्न माध्यमिक विद्यालय, वडा नं १३ मा रहेको गवै माध्यमिक विद्यालय र राप्ती नगरपालिका वडा नं ६ मा रहेको पडरिया स्कुल र वडा नं ७ मा रहेको जन आदर्श बहुमुखी क्याम्पस बीरेन्द्रनगरमा विहान ९ बजेदेखि ४ बजेसम्म शिविर सञ्चालन हुने फाउण्डेशन राप्ती नगर कमिटीका अध्यक्ष हरि पौडेलले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -