नारायणगढ । बालकुमारी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले भूतपूर्व विद्यार्थी अल्मुनाई एसोसियसनमार्फत् सोमबार विद्यालयलाई नगद हस्तान्तरण गरेका छन् ।
विद्यालयका २०३२ र २०३३ सालका विद्यार्थीहरुले २ लाख ७५ हजार रूपैयाँ स्वर्ण महोत्सवको लागि सहयोग हस्तान्तरण गरिएको अल्मुनाई एशोसियनका पूर्व अध्यक्ष आश्विन श्रेष्ठले बताए । २०३२ सालमा एसएलसी दिएका विद्यार्थीहरुले एक लाख २५ हजार र ३३ सालका विद्यार्थीहरुले एक लाख ५० हजार सहयोग गरेका हुन् ।
अल्मुनाई एशोसियनको तर्फबाट बालकुमारी स्कुललाई स्वर्ण महोत्सवको लागि असोज १२ गते घटस्थापनामा स्वर्णद्वारको शिलान्यास गर्ने उनले जानकारी दिए ।
स्वर्ण महोत्सवको अवसर पारेर विद्यालयले विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । स्वर्ण महोत्सवको समापन मंसिर २८ गते हुने स्वर्ण महोत्सव समितिले जनाएको छ ।
स्वर्ण महोत्सवको लागि रकम सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

नागरिकको जीउधन सुरक्षाका लागि सबै संयन्त्र परिचालन

त्रिशूली भेलमा फसेका तामाङ दम्पत्तीको ३० घण्टापछि सकुशल उद्धार

भोटेकोशी बाढी अपडेट : ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ बेपत्ता

रसुवागढीमा लेदोसहित आएको भोटेकोशीको बाढीले ठूलो क्षति

धार्मिक पर्यटन प्रबर्ध्दनमा देवघाट : गाउँपालिकाद्वारा प्रचार-प्रसारमा जोड
- ADVERTISEMENT -
