भरतपुर । युवा ज्योतिष सुदिप रिमालले ज्योतिष तथा बास्तु परामर्श दिने बुधबार पत्रकार सम्मेलनमा बताए । रिमालले असोज ११ गतेदेखि १३ गतेसम्म ज्योतिष तथा बास्तु परामर्श सेवा दिने भएको छ । सुदिप रिमाल फेस रिडर नामले समेत चिनिने र उहाँले फेसबाटै कुरा बताउन सक्ने कार्यक्रम संयोजक बिनोद अधिकारीले बताए ।
बिहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म तथा दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म ज्योतिष रिमालले ज्योतिष तथा वास्तु परामर्श दिने अधिकारीले बताए । ज्योतिष रिमालका अनुसार सेवा शुल्क स्वरुप प्रति व्यक्ति एक हजार रुपैँया शुल्क राखिएको छ । ज्योतिषहरु प्रशस्तै छन् तर फेस रिड गरेर परामर्श दिने प्रयास नौलो भएकोले यसबाट सबैजना लाभान्वित हुने उनको दावी थियो ।
यसअघि हेटौंडामा कार्यक्रम गरेपछि चितवनमा पनि ज्योतिष परामर्श दिनको लागेको रिमालको भनाइ थियो । उक्त कार्यक्रममा ज्योतिष शास्त्रमा आधारित रही बास्तु शास्त्र सँग सम्बन्धित सबै सेवा प्रदान गरिने उनले जानकारी दिए ।
कार्यक्रममा उपस्थित भई जो कोहीले पनि चिना हेराउने, घरको वास्तु देखाउने, भविष्य, शिक्षा, रोजगारीलगायत सबै खाले परामर्श लिन सकिने उनले बताए । रिमालले अनुहार अध्ययन (फेस रिड) गरेर नै यी सबै परामर्श दिनेछन् । ज्योतिष शास्त्रको नियम र परिधिभित्र रहेर परामर्श दिइने भएकोले सही परामर्श पाउनेमा ढुक्क हुन रिमालले आग्रह गरे ।
फेस रिडरको नाममा केहीले भ्रामकता फैलाएको बताउदै उनले आफूबाट भने त्यस्तो नहुने दाबी गरे । आफू यही विषय अध्ययन गरेर यो क्षेत्रमा लागेको बताउँदै उनले हचुवाको भरमा परामर्श नगरिने दाबी गरे । ज्योतिष रिमाल दक्षिण एसियाली ज्योतिष महासंघका केन्द्रीय सदस्य हुन् ।
- ADVERTISEMENT -

फेस रिडर ज्योतिष रिमाल चितवनमा
September 26, 2019

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
