निर्वाचन २४ दिन बाँकी
२०८२ माघ २६, सोमबार
February 9, 2026
२०८२ माघ २६, सोमबार
February 9, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देशभर महानवमी मनाइँदै, भोलि दशैं – टिका १० बजेर ३५ मिनेटमा उत्तम

प्रकाशित मिति : २०७६ आश्विन २० गते
- ADVERTISEMENT -

काठमाडौं । नेपालीहरुको महान चाड दशैंको नवौं दिन आज असोज २० गते सोमबार घर–घरमा नवदुर्गाको अन्तिम अवतार सिद्धिदात्रीको पूजाआराधना गर्दै महानवमी मनाइँदैछ । पूर्ण निष्ठाका साथ साधना गर्नेहरूमा सिद्धिदात्रीको आशिर्वाद प्राप्त हुने विश्वास छ । जनविश्वासमा भगवान शिवले उनकै आराधना गरेर सिद्धि प्राप्त गरेको धार्मिक विश्वास छ ।
धार्मिक परम्परा अनुसार घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ ।
दशैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाउने गरिन्छ । माता दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रुपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौ रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजा हुन्छ ।
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज महानवमीका दिन दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्छ ।
तलेजु भवानी दर्शन गर्न चाहने भक्तजन महानवमी आजको दिन बिहानै लाममा बस्न जाने गर्छन् । आज लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिइन्छ । महानवमीका अवसरमा आज सोमबार महानवमीका दिन नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।
भोलि टिका –
यस्तै नेपालीहरुको महान चाड विजयादशमी यस वर्षको दशैंको टीकाको साइत नेपाल पञ्चांग निर्णायक समितिले सार्वजनिक गरेको छ ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार असोज २१ गते मंगलबार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत जनाएको छ । देवी विसर्जनपछि टीका लगाउने उपयुक्त समय बिहान १० बजेर ३५ मिनेटमा जुरेको समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमको भनाइ छ ।
नेपालीहरुले १० बजेर ३५ मिनेटको शुभ साइतमा मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्दछन् । घटस्थापनामा छरेर उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।
टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा भए पनि टाढा पुग्नुपर्नेले भने छिटै टीका लगाउने गरेको पनि पाइन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
144.76
145.36
European Euro
1
170.70
171.41
UK Pound Sterling
1
196.72
197.54
Swiss Franc
1
186.09
186.86
Australian Dollar
1
101.01
101.43
Canadian Dollar
1
105.78
106.22
Singapore Dollar
1
113.68
114.16
Japanese Yen
10
9.22
9.26
Chinese Yuan
1
20.86
20.95
Saudi Arabian Riyal
1
38.60
38.76
Qatari Riyal
1
39.61
39.77
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
39.41
39.58
Malaysian Ringgit
1
36.67
36.82
South Korean Won
100
9.87
9.91
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
22.86
22.95
Hong Kong Dollar
1
18.52
18.60
Kuwaity Dinar
1
473.69
475.65
Bahrain Dinar
1
383.97
385.56
Omani Rial
1
376.02
377.58