२०८३ आश्विन २, शुक्रबार
September 18, 2026
२०८३ आश्विन २, शुक्रबार
September 18, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

डिजिटल ट्र्याकमा सरकारी फाइल, ढिलाइ गरे कारबाही

प्रकाशित मिति : २०८३ आश्विन १ गते
file photo.

काठमाडौं / सरकारले सार्वजनिक प्रशासनलाई थप जिम्मेवार, छिटोछरितो र प्रविधिमैत्री बनाउन सरकारी निर्णय प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने नयाँ नियमावली लागू गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीकृत गरेसँगै सरकारी कार्यालयहरूमा हुने निर्णय प्रक्रिया अब विद्युतीय प्रणालीमार्फत सञ्चालन हुने बाटो खुलेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा ल्याइएको यो नियमावलीले २०६५ सालदेखि कार्यान्वयनमा रहेको ‘सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका’लाई प्रतिस्थापन गरेको छ । निर्देशिकाभन्दा नियमावलीको कानुनी हैसियत बलियो हुने भएकाले यसले निर्णय प्रक्रियामा देखिने प्रशासनिक ढिलासुस्ती घटाउने र जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

नियमावलीअनुसार अब सरकारी निकायमा फाइल दर्तादेखि टिप्पणी, राय, स्वीकृति, डिजिटल हस्ताक्षर, अभिलेखीकरण र अनुगमनसम्मका सम्पूर्ण काम एकीकृत विद्युतीय निर्णय प्रणालीमार्फत सञ्चालन हुनेछन् । प्रणालीमा दर्ता हुने प्रत्येक फाइललाई छुट्टै पहिचान नम्बर र क्यूआर कोड प्रदान गरिने व्यवस्था गरिएको छ । जसले फाइलको अवस्थाबारे सहज निगरानी गर्न मद्दत पुर्‍याउनेछ ।

निर्णय प्रक्रियालाई छोटो र प्रभावकारी बनाउन टिप्पणीका तह पनि घटाइएका छन् । मन्त्रिस्तरबाट हुने नीतिगत तथा महत्त्वपूर्ण प्रशासकीय निर्णयमा बढीमा तीन तह र सामान्य प्रशासनिक विषयमा बढीमा दुई तहसम्म मात्र टिप्पणी गर्न पाइने व्यवस्था गरिएको छ । यसबाट अनावश्यक प्रक्रियागत झन्झट कम हुने सरकारको विश्वास छ ।

नयाँ व्यवस्थाअनुसार कुनै फाइल प्रणालीमा दर्ता हुनेबित्तिकै समय गणना स्वतस् सुरु हुनेछ । तोकिएको समयभित्र सम्बन्धित अधिकारीबाट कारबाही नभएमा उक्त फाइल २४ घण्टाभित्र स्वतस् माथिल्लो निर्णय तहमा पुग्नेछ । यसले फाइल थन्किने वा अनावश्यक रूपमा रोकिने प्रवृत्तिमा नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

सरकारले निर्णय प्रक्रियामा आधुनिक प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिएको छ । कानुन तथा पूर्ववर्ती नजिर खोजी, जोखिम विश्लेषण र टिप्पणीको प्रारम्भिक मस्यौदा तयार गर्न कृत्रिम बुद्धिमत्ता ९एआई० लाई सहायक उपकरणका रूपमा प्रयोग गर्न सकिने व्यवस्था नियमावलीमा समेटिएको छ । यद्यपि अन्तिम निर्णय भने सम्बन्धित अधिकारीबाटै हुने व्यवस्था कायम रहनेछ ।

सेवाग्राहीलाई पनि प्रत्यक्ष रूपमा लाभ पुग्ने गरी फाइल ट्र्याकिङ प्रणाली लागू गरिएको छ । अब नागरिकले अनलाइन, मोबाइल एप वा एसएमएसमार्फत प्राप्त ट्र्याकिङ नम्बर प्रयोग गरेर आफ्नो फाइल कुन चरणमा छ भन्ने जानकारी लिन सक्नेछन्। सेवा प्रवाहलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।

सरकारी कार्यालयहरूले डिजिटल माध्यमबाट दर्ता गरेका फाइल र अभिलेखलाई आधिकारिक सरकारी दस्तावेजको मान्यता दिइनेछ । यसले कागजी प्रक्रियामा निर्भरता घटाउँदै प्रशासनिक कार्यलाई थप व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ ।

यस्तै, कार्यालयहरूको कार्यसम्पादन मापन गर्न ‘निर्णय ढिलाइ सूचकाङ्क’ लागू गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एकीकृत ड्यासबोर्डमार्फत निर्णय प्रक्रियाको निगरानी गर्नेछ । निर्णयमा अनावश्यक ढिलाइ गर्ने वा जिम्मेवारी पूरा नगर्ने पदाधिकारीलाई विभागीय कारबाहीदेखि कार्यसम्पादन मूल्याङ्कनमा अङ्क कटौतीसम्मको व्यवस्था गरिएको छ ।

सरकारको यो कदमले सार्वजनिक प्रशासनलाई डिजिटल युगअनुकूल बनाउँदै सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र परिणाममुखी बनाउन महत्त्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.20
153.80
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
185.47
186.20
Australian Dollar
1
108.93
109.36
Canadian Dollar
1
109.48
109.91
Singapore Dollar
1
120.06
120.53
Japanese Yen
10
9.84
9.88
Chinese Yuan
1
22.84
22.93
Saudi Arabian Riyal
1
40.78
40.94
Qatari Riyal
1
42.03
42.19
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.71
41.88
Malaysian Ringgit
1
37.37
37.52
South Korean Won
100
11.05
11.09
Swedish Kroner
1
15.59
15.66
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.53
19.60
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
406.38
407.97
Omani Rial
1
397.92
399.48