२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026
२०८३ जेष्ठ २९, शुक्रबार
June 12, 2026 Friday
- ADVERTISEMENT -

‘कडा कानुन बनाए शेयर सदस्यको पूँजी सुरक्षित’

प्रकाशित मिति : २०७६ आश्विन ३० गते

सिद्धि विनायक बचतमा धिताल निर्विरोध
नारायणगढ । सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि.को १२औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन बुधबार सम्पन्न भएको छ । पाँचौ अधिवेशनले सर्वसम्मत निर्विरोध थिरप्रसाद धिताल (कृष्ण) को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
उक्त अधिवेशनबाट मदनप्रसाद सापकोटा उपाध्यक्ष, मुकुन्दप्रसाद गौतम सचिव, जयराम पाण्डे कोषाध्यक्षमा निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मानबहादुर पाण्डे, कृष्ण सिलवाल, भगवती पाण्डे, रामप्रसाद घिमिरे, इन्दिरा पन्त, संगीता गौतम, शम्भु अधिकारी रहेका छन् ।
चितवन क्षेत्र नं. २ प्रदेश सभा सदस्य एवम् शिक्षा, स्वास्थ्य तथा कृषि समिति संयोजक घनश्याम दाहालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि दाहालले सहकारीहरुले पैसा हिनामिना, दुरुपयोग गर्न नहुने, शेयर सदस्यहरुबाट खाइनखाइ खुनपसिना बगाएर जम्मा गरेको पैसा संरक्षण गर्नुपर्ने बताए ।
शेयर सदस्यबाट जम्मा भएका पैसा संरक्षण गर्ने दायित्व सबै शेयर सदस्यहरु र राज्यको भएको दाहालको भनाइ थियो । कानुनहरु बनाउँदा सरकारले कडा कानून बनाएमा शेयर सदस्यहरुबाट जम्मा भएका पूँजी तलमाथि नहुने र ढुक्क हुन सक्ने दाहालले भने ।
कार्यक्रममा नेफ्स्कुनका केन्द्रीय संचालक सदस्य एवम् क्षेत्रीय फिल्ड कार्यालय चितवनका संयोजक श्री शान्ति अधिकारी, नेफ्स्कुनका केन्द्रीय संचालक सदस्य भरतप्रसाद दवाडी, ३ नं. प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक तेजेन्द्रबहादुर खड्कालगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा अधिकतम शेयर सदस्य बनाउने, संस्थाको लागि योगदान दिने लगायत विभिन्न विधाबाट शेयर सदस्यहरु तथा कर्मचारी सम्मानित गरेको संस्थाका व्यवस्थापक विकास पौडेलले बताए ।
कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष पुरुषोत्तम गौतमले गरेका थिए भने संस्थाका सचिव मदनप्रसाद सापकोटाले कार्यक्रम संचालन गरेका थिए । प्रमुख अतिथि दाहाललाई संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति गौतमले मायाको चिनो प्रदान गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.92
153.52
European Euro
1
176.43
177.12
UK Pound Sterling
1
204.35
205.16
Swiss Franc
1
191.32
192.07
Australian Dollar
1
106.97
107.39
Canadian Dollar
1
109.41
109.84
Singapore Dollar
1
118.71
119.18
Japanese Yen
10
9.53
9.56
Chinese Yuan
1
22.56
22.65
Saudi Arabian Riyal
1
40.74
40.90
Qatari Riyal
1
41.95
42.11
Thai Baht
1
4.64
4.66
UAE Dirham
1
41.64
41.80
Malaysian Ringgit
1
37.60
37.75
South Korean Won
100
9.99
10.03
Swedish Kroner
1
16.04
16.10
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
497.71
499.66
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.17
398.73