२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026
२०८३ जेष्ठ २५, सोमबार
June 8, 2026 Monday
- ADVERTISEMENT -

शिखर बचतको अध्यक्षमा पुनः गोमन

प्रकाशित मिति : २०७६ माघ २ गते

भण्डारा । राप्ती नगरपालिका वडा नं. ५ भण्डारा (चौकी डाँडा) मा स्थित शिखर बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको सर्वसहमतिद्वारा पुनः गोमन सिंह रुम्बा अध्यक्ष चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा वाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले सहकारी वास्तवमा पैसा जम्मा गर्ने र सामान्य तवरले आफ्नो सदस्यहरुलाई ऋण प्रवाह गर्ने मात्रै नभइ समूहगत रुपमा कृषि तथा पशु व्यवसायीमा लगानी गर्नुपर्ने बताए ।
मन्त्री लामाले देश हिजो जस्तो नरहेको, सुकुम्बासीले पनि आफ्नो जग्गाको लालपूर्जा पाउने निश्चित भएको र लालपूर्जा विहीनहरुलाई लालपूर्जा वितरण हुने कुरामा ढुक्क हुन सबैलाई आग्रह गरे ।
कार्यक्रममा संस्थाका अध्यक्ष गोमनसिंह रुम्बाले प्रतिवेदन प्रस्तुत गरेका थिए । गाउँ घरका ससाना पुजीँलाई एकत्रित गरी उत्पादनशील क्षेत्रमा उपयोग गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको अध्यक्ष रुम्बाको भनाइ थियो ।
कार्यक्रममा राप्ती नगरपालिकाका प्रमुख प्रभा बराल, उपप्रमुख इमान सिं लामा, राप्ती नगरपालिका कृषि शाखा प्रमुख शैलेन्द्र भण्डारी, राप्ती नगरपालिका वडा नं. ५ का अध्यक्ष मेनुका पाठकलगायतले मन्तव्य दिएका थिए ।
संस्थाका कोषाध्यक्ष जीतबहादुर लोप्चन तामाङले आर्थिक वर्ष २०७५÷२०७६ को प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाकी सचिव निशा थिङ्गले कार्यक्रम संचालन गरेकी थिइन् । उक्त कार्यक्रलममा नियमित बचतकर्ता लगायत विभिन्न कोणबाट संस्थालाई योगदान पु¥याउने व्यक्तित्वहरुलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
तेह्र वर्ष अघि स्थापना भएको उक्त सहकारी सस्थामा २५० जना सदस्य रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36