२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

विपद् व्यवस्थापनको तयारीमा जुटौँ

प्रकाशित मिति : २०८३ असार १० गते
file photo.

नेपाल अहिले मनसुनको प्रवेशसँगै नयाँ चुनौतीको मोडमा उभिएको छ । केही सातादेखि बढेको अत्यधिक गर्मीले जनजीवन कष्टकर बनेको थियो । तर, वर्षा सुरु भएपछि तापक्रममा कमी आउँदा सर्वसाधारणले राहतको अनुभूति गर्न थालेका छन् । तथापि, मनसुन केवल शीतलता र राहतको मौसम मात्र होइन यससँगै बाढी, पहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद्को जोखिम पनि बढेर आउँछ । त्यसैले मनसुनलाई स्वागत गर्ने बेला नै सम्भावित विपद्को सामना गर्न राज्य र नागरिक दुवै पक्ष सचेत र तयारी अवस्थामा रहनु अपरिहार्य हुन्छ । मौसमविद्हरूले आगामी सातादेखि देशका अधिकांश क्षेत्रमा भारी वर्षाको सम्भावना औँल्याएका छन् । यस वर्ष मनसुन सरदरभन्दा ढिलो प्रवेश गरे पनि छोटो अवधिमा अत्यधिक वर्षा हुने अनुमान गरिएको छ । ‘एल निनो’ प्रणालीको प्रभावले वर्षाको वितरण असन्तुलित हुन सक्ने चेतावनी दिइएको छ । कतै अत्यधिक वर्षा, कतै खडेरी । यसले कृषि, खानेपानी, सडक सञ्जाल र जनजीवनमा प्रत्यक्ष असर पार्नेछ ।

विगतका अनुभवले देखाउँछ कि नेपालमा हरेक वर्ष मनसुनजन्य विपद्ले ठूलो धनजनको क्षति पु¥याउँछ । सयौँ परिवार विस्थापित हुन्छन्, सडक अवरुद्ध हुन्छन्, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुन्छन् । तर, यस्ता घटनाबाट पाठ सिकेर दीर्घकालीन तयारी गर्ने काम अझै प्रभावकारी बन्न सकेको छैन । यस सन्दर्भमा सरकारको जिम्मेवारी अत्यन्तै महŒवपूर्ण हुन्छ । जोखिमयुक्त बस्तीको पहिचान, सम्भावित पहिरो तथा बाढीप्रभावित क्षेत्रमा निगरानी, उद्धार सामग्रीको व्यवस्थापन, सुरक्षा निकायको तयारी तथा स्थानीय तहसँगको समन्वयलाई बलियो बनाउनुपर्छ । विपद् आइपरेपछि मात्र सक्रिय हुने प्रतिक्रियात्मक प्रवृत्तिले क्षति बढाउने भएकाले पूर्वतयारीमै विशेष ध्यान दिन जरुरी छ । स्थानीय सरकारहरू पनि उत्तिकै जिम्मेवार बन्नुपर्छ—नदीकिनार, पहिरोको उच्च जोखिम भएका क्षेत्र तथा अव्यवस्थित बस्तीहरूमा विशेष सतर्कता अपनाउनुपर्छ । विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक सेवाका केन्द्रहरूलाई आकस्मिक अवस्थाको सामना गर्न सक्षम बनाउनु आवश्यक छ ।

- ADVERTISEMENT -

Advertisement

सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत समयमै सही सूचना प्रवाह गर्नु विपद् न्यूनीकरणको अर्को महŒवपूर्ण पक्ष हो। नागरिक स्वयं पनि सतर्क हुनुपर्छ—मौसम विज्ञान विभागले जारी गर्ने पूर्वानुमान, चेतावनी तथा तीनदिने मौसम बुलेटिनलाई नियमितरूपमा अनुशरण गर्नुपर्छ । जोखिमयुक्त मौसममा अनावश्यक यात्रा नगर्ने, नदी तथा खोलाको बहाव बढेका बेला सतर्क रहने, स्थानीय प्रशासनका निर्देशन पालना गर्ने बानीले ठूलो दुर्घटना टार्न सक्छ । मनसुन नेपालको कृषि, जलस्रोत र अर्थतन्त्रका लागि वरदान हो । तर, पर्याप्त तयारीबिना यही वरदान अभिसापमा परिणत हुन सक्छ । त्यसैले मनसुनलाई केवल वर्षा र राहतको मौसमका रूपमा होइन, सम्भावित विपद्को मौसमका रूपमा पनि बुझ्नुपर्छ । समयमै सचेतना, समन्वय र तयारी गर्न सकियो भने प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण गर्दै मनसुनका सकारात्मक पक्षको अधिकतम लाभ लिन सकिने देखिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51