२०८३ श्रावण ३०, शनिबार
August 15, 2026
२०८३ श्रावण ३०, शनिबार
August 15, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कलाकार मदनकृष्णको जीवनकथामा फिल्म निर्माण हुने

प्रकाशित मिति : २०८३ असार ९ गते

काठमाडौं / लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा फिल्म बन्ने भएको छ । गत वर्षको सुपरहिट फिल्म ‘अञ्जिला’का निर्देशक मिलन चाम्सले श्रेष्ठको बायोपिक बनाउन लागेका हुन् । फिल्मको नाम ‘मदनकृष्ण’ राखिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच यो फिल्मको औपचारिक रूपमा निर्माण घोषणा गरियो ।

फिल्ममा मदनकृष्णको भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गर्नेछन् । उनको जोडीका रूपमा अभिनेत्री केकी अधिकारी देखिनेछिन् । उनले मदनकृष्णकी श्रीमती यशोधाको भूमिकामा अभिनय गर्ने जनाइएको छ । यसअघि महेश र केकीले फिल्म ‘झिँगेदाउ २’मा एकसाथ काम गरिसकेका छन् । यसमा पनि उनीहरू श्रीमान्(श्रीमतीको भूमिकामा छन् ।

- ADVERTISEMENT -

Advertisement

‘लालीबजार’का निर्देशक यम थापाको लेखन रहेको फिल्ममा महेश र केकीसहित हरिवंश आचार्य, किरण केसी, देशभक्त खनाल, राजाराम पौडेल, यमन श्रेष्ठ, रुषा न्यौपानेलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । कृष्ण जन्माष्टमीको दिन पारेर भदौ १९ गतेबाट छायांकन सुरु हुने यस फिल्मलाई राजकुमार श्रेष्ठले निर्माण गर्नेछन् ।

फिल्ममा मदनकृष्णको कलाकारिता यात्रा, जागिरे जीवन, पत्नी वियोग, हरिवंश आचार्यसँगको मित्रतालगायतका विभिन्न पाटोलाई देखाइने जनाइएको छ । फिल्मका केही दृश्यमा मदनकृष्ण पनि देखिनेछन् । केही दिनअघि फिल्मका लागि राष्ट्रपति कार्यालयमा एक दृश्य समेत खिचिएको थियो, जहाँ मदनकृष्णले राष्ट्रपति रामचन्द्र पौडेलबाट दीर्घ साधना सम्मान लिएका थिए ।

भिन्टेज मोसन पिक्चर्सको प्रस्तुतिमा बन्ने फिल्ममा पदम बहादुर श्रेष्ठ ९बाबु०को डीओपी, मिलन श्रेष्ठको सम्पादन, अलिश कार्कीको पार्श्व संगीत तथा भरत कँडेलको साउन्ड डिजाइन रहनेछ । फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट, र एफडी कम्पनीले संयुक्त रूपमा वितरण गर्नेछन् भने यसको युट्युब राइट्स ‘ओएसआर’ले लिएको छ ।

‘मदनकृष्ण’ निर्देशक चाम्सको चौथो बायोपिक फिल्म हुनेछ । उनले पहिलो पटक निर्देशन गरेको बायोपिक फिल्म ‘बोबी’ थियो । यसपछि ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ बनाए । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी अनुभवी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनकथामा बनेको ‘अञ्जिला’ नेपाली फिल्मको इतिहासमा सबैभन्दा धेरै कमाउने बायोपिक हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.41
153.01
European Euro
1
175.80
176.50
UK Pound Sterling
1
205.65
206.46
Swiss Franc
1
187.62
188.35
Australian Dollar
1
107.56
107.98
Canadian Dollar
1
109.33
109.76
Singapore Dollar
1
119.06
119.53
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
10.72
10.76
Swedish Kroner
1
15.95
16.01
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.05
498.00
Bahrain Dinar
1
404.24
405.84
Omani Rial
1
395.85
397.41