Opens in a new tab
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026
२०८३ आश्विन ६, मंगलवार
September 22, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुरको सहज जीत

प्रकाशित मिति : २०७६ माघ २० गते

नारायणगढ । क्याम्पाचौरमा जारी प्रथम संस्करणको सिएमसी चितवन प्रिमियर लिगमा राइट एण्ड एसोसिएट भरतपुर गुर्खाज विजयी भएको छ ।
त्यस्तै सोमबार सम्पन्न दोस्रो खेलमा भरतपुरले माडीलाई ११४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । भरतपुरले दिएको १६३ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको माडी १४ ओभर २ बलमा मात्र ४८ रनमा अल आउट भयो ।
६ रनमा पहिलो र ६ रनमै दोस्रो विकेट गुमाएर खराब सुरुवात गरेको माडीको इनिङ कुनै पनि ब्याट्सम्यानले उकास्न सकेनन् । माडीका ५ जना ब्याट्सम्यान खाता नै नखोली पेभिलियन फर्किए । राम कृष्ण कार्कीले ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन समेत बनाउन सकेनन् ।
माडीको इनिङ ध्वस्त बनाउन भरतपुरका कृजन गुरुङ एक्लैले ५ विकेट लिए । कसिलो बलिङ गरेका कृजनले ४ ओभरमा जम्मा ११ रन मात्र दिए । यस्तै चन्दन ठाकुरले २ तथा कप्तान संघर्ष पौडेल र प्रतिश जिसीले समान १–१ विकेट लिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई खेल हुनेछ । मंगलबाट पहिलो खेलमा बिहान ९ बजे भरतपुर गुर्खाज र सौराहा स्याण्ड्स तथा दिउसो १ बजे हुने दोस्रो खेलमा इच्छाकामना वारीयर्स र राप्ती ¥यापिड्स भिड्ने आयोजक नारायणी एड्भर्टाइजिङ एण्ड इभेन्ट्सका प्रवन्ध निर्देशक राजु चौधारीले जानकारी दिए ।
२५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख पाउने छन् । यस्तै विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफ दि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.01
153.61
European Euro
1
175.66
176.34
UK Pound Sterling
1
204.78
205.58
Swiss Franc
1
185.97
186.70
Australian Dollar
1
109.07
109.50
Canadian Dollar
1
109.13
109.55
Singapore Dollar
1
119.96
120.43
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.85
22.94
Saudi Arabian Riyal
1
40.73
40.89
Qatari Riyal
1
41.98
42.14
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.66
41.82
Malaysian Ringgit
1
37.53
37.67
South Korean Won
100
11.15
11.19
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.50
23.59
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
497.84
499.79
Bahrain Dinar
1
405.86
407.45
Omani Rial
1
397.42
398.98