२०८३ आश्विन ४, आईतवार
September 20, 2026
२०८३ आश्विन ४, आईतवार
September 20, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तेस्रो चितवन गोल्डकपमा एप्पल गुरु सूर्यपुर बने च्याम्पियन

प्रकाशित मिति : २०८३ आश्विन ४ गते

चितवन / हानामी तेस्रो चितवन गोल्डकप फुटबलको उपाधि एप्पल गुरु सूर्यपुर एफसी कालिकाले जितेको छ । शनिबार सम्पन्न उपाधि भिडन्तमा आयोजक हानामी भरतपुर फुटबल क्लब बिएफसीलाई हराउँदै सूर्यपुर च्याम्पियन बनेको हो ।

नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा भएको फाइनलमा सूर्यपुरलाई जिताउन लक्षु थापा र अविनास स्याङताङ्गले एक–एक गोल गरे । खेलको ७३ औं मिनेटमा लक्षुको गोलमा सूर्यपुरले अग्रता लिएको थियो ।

- ADVERTISEMENT -

Advertisement

अतिरिक्त समयमा सूर्यपुरले पेनाल्टी पायो । बिएफसीका विवेक मगरले दिपेश गुरुङलाई बक्सभित्र लडाएपछि सूर्यपुरले पेनाल्टी पाएको थियो । प्राप्त पेनाल्टीमा अविनासले गोल गर्दै जित सुनिश्चित गरे । सूर्यपुरका लक्षु थापा फाइनल खेलको केल्मी प्लेयर दि म्याच बने ।

विजेता सूर्यपुरले ट्रफीसहित ६ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित बिएफसीले ३ लाखमा चित्त बुझाएको छ । विधागत उत्कृष्टतर्फ सूर्यपुरका अविनास स्याङताङ्ग प्रतियोगिताभरको उत्कृष्ट खेलाडी बने । उनले ४० हजार रुपैयाँ प्राप्त गरे ।

सूर्यपुरका विशाल सुनार उत्कृष्ट गोलकिपर, बिएफसीका विवेक मगर उत्कृष्ट डिफेन्डर, बिएफसीकै आकाश थापा मगर उत्कृष्ट मिडफिल्डर बने । यस्तै ४ गोल गरेका देवदह ब्वाईज रुपन्देहीका सुजित बुढाथोकी सर्वाधिक गोलकर्ता बने। उनीहरूले १०–१० हजार रुपैयाँ प्राप्त गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22