Opens in a new tab
२०८३ कार्तिक १, शनिबार
October 17, 2026
२०८३ कार्तिक १, शनिबार
October 17, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन गोल्डकपको तेस्रो संस्करण हुने

भुटान र मलेसियासहित आठ क्लबको सहभागिता
प्रकाशित मिति : २०८३ भाद्र २२ गते
photo : bina tamang / newsprabah

चितवन / भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा हुँदै आएको चितवन गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ ।

नेपाल प्रहरी शिक्षालय, भरतपुर तालिम केन्द्रको मैदानमा यही भदौ २७ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुने आज (सोमबार) पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

- ADVERTISEMENT -

Advertisement

पत्रकार सम्मेलनमा बिएफसीका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक धु्रव भुसालले यसअघिका संस्करणमा १० टोलीको सहभागिता रहँदै आएकोमा यसपटक प्रतियोगिताको स्तरीयता बढाउने उद्देश्यले ८ टोलीलाई मात्र सहभागी गराइने बताए ।

प्रतियोगितामा मलेसियाको एनपेनाड एफसी, भुटानको पक्षम फुटबल क्लब, नेपालका एपिएफ क्लब काठमाडौं, सातदोबाटो युवा क्लब ललितपुर, रेड हर्स एफसी इलामलगायतका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

- ADVERTISEMENT -

Advertisement

प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ। यस्तै, प्लेयर अफ द टुर्नामेन्टलाई २० हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई केलही चितवनको तर्फबाट ५ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता हेर्न दर्शकका लागि पहिलो चरणदेखि सेमिफाइनलसम्म १०० रुपैयाँ र फाइनल खेलका लागि २०० रुपैयाँ टिकट शुल्क तोकिएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक हानामी इन्टरनेशनल रहेको छ भने भरतपुर महानगरपालिका संरक्षकका रूपमा रहेको छ । प्रतियोगिताका खेलहरू गोलनेपाल डटकममार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42