२०८३ भाद्र २३, मंगलवार
September 8, 2026
२०८३ भाद्र २३, मंगलवार
September 8, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन गोल्डकपको तेस्रो संस्करण हुने

भुटान र मलेसियासहित आठ क्लबको सहभागिता
प्रकाशित मिति : २०८३ भाद्र २२ गते
photo : bina tamang / newsprabah

चितवन / भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामा हुँदै आएको चितवन गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ ।

नेपाल प्रहरी शिक्षालय, भरतपुर तालिम केन्द्रको मैदानमा यही भदौ २७ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन हुने आज (सोमबार) पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

- ADVERTISEMENT -

Advertisement

पत्रकार सम्मेलनमा बिएफसीका उपाध्यक्ष तथा प्रतियोगिता संयोजक धु्रव भुसालले यसअघिका संस्करणमा १० टोलीको सहभागिता रहँदै आएकोमा यसपटक प्रतियोगिताको स्तरीयता बढाउने उद्देश्यले ८ टोलीलाई मात्र सहभागी गराइने बताए ।

प्रतियोगितामा मलेसियाको एनपेनाड एफसी, भुटानको पक्षम फुटबल क्लब, नेपालका एपिएफ क्लब काठमाडौं, सातदोबाटो युवा क्लब ललितपुर, रेड हर्स एफसी इलामलगायतका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ३ लाख रुपैयाँ पाउनेछ। यस्तै, प्लेयर अफ द टुर्नामेन्टलाई २० हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ तथा प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई केलही चितवनको तर्फबाट ५ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता हेर्न दर्शकका लागि पहिलो चरणदेखि सेमिफाइनलसम्म १०० रुपैयाँ र फाइनल खेलका लागि २०० रुपैयाँ टिकट शुल्क तोकिएको छ।

प्रतियोगिताको मुख्य प्रायोजक हानामी इन्टरनेशनल रहेको छ भने भरतपुर महानगरपालिका संरक्षकका रूपमा रहेको छ । प्रतियोगिताका खेलहरू गोलनेपाल डटकममार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.34
176.03
UK Pound Sterling
1
204.23
205.04
Swiss Franc
1
186.51
187.26
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
109.15
109.58
Singapore Dollar
1
119.18
119.65
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.29
37.44
South Korean Won
100
11.21
11.26
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.71
493.66
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45