रामपुुर । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन आयोजित धनधान्यान्चल महोत्सवमा साँढे ६६ लाख बढी रकम संकलन भएको छ । आइतबारबाट शुरु भएको धनधान्यान्चल महोत्सवको सोमबार ६६ लाख ५६ हजार १ सय ५७ रुपैँया संकलन भएको मूल आयोजक समितिका संयोजक विजय सुवेदीले जानकारी दिए ।
महोत्सवमा सोमबार कलेज अफ मेडिकल साइन्सेसका प्रा.डा.भी. नटराज प्रसादबाट रु २० लाख रुपैयाँ सहयोग प्राप्त भएको संयोजक सुवेदीले बताए । यसैगरी भरतपुर २२ निवासी जीवनराज कँडेलले १५ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गरेको उनले बताए ।
सोमबार नै मूल आयोजक समितिका महासचिव समेत रहेका भरतपुर १२ निवासी दिनेशकुमार तथा सन्ध्या लक्ष्मी चुकेको तर्फबाट १० लाख सहयोग प्राप्त भएको छ । यस्तै भरतपुरका अरुण श्रेष्ठ, काठमाडौंका चन्द्र खड्की र रविन्द्र कसजुबाट समान ५÷५ लाख प्राप्त भएको उनको भनाइ छ ।
एन आर एन जापानबाट ३ लाख, होटल व्यवसायी संघ एवं होटल गंगोत्रीबाट रु १ लाख ११ हजार १ सय ११, कृष्ण घिमिरेबाट १ लाख २ हजार ६ सय, भरतपुर ९ का नेत्रप्रसाद गैरेबाट ५१ हजार, भरतपुर ४ का छविलाल ढकालबाट ५० हजार र भरतपुर १५ फुलबारीस्थित सिर्जनशील आमा समूहबाट रु ३० हजार ३ सय ३५ प्राप्त भएको छ । यस्तै भरतपुर २४ धु्रवकी ९४ वर्षिय खिलाकुमारी गोदारसँगै अन्य भक्तजनहरुले तुलादान गरेको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिइन् ।
यसैबीच रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्यान्चल महोत्सवमा आउने भक्तजनहरुको सुविधालाई मध्यनजर गर्दै आयोजकले धनधान्यान्चल परिसरको १० किलोमिटर वरपर निःशुल्क यातायातको व्यवस्था गरेको यातायात व्यवस्थापन उपसमितिका संयोजक बद्रीप्रसाद पौडलले बताए । यस्तै चितवन बाहिरका जिल्लाबाट आउने भक्तजनहरुलाई मध्यनजर गर्दै होटल व्यवसायी संघ चितवन तथा रेष्टुरेण्ट व्यवसायीहरुले आवासमा ३० प्रतिशत र खानामा १० प्रतिशत छुट दिने निर्णय गरेको आवास व्यवस्थापन उपसमितिका संयोजक शर्मिला न्यौपानेले बताइन् ।
यस्तै सोमबार चर्चित लोकदोहोरी गायक पशुपति शर्माले संगीतिक प्रस्तुति समेत दिएका थिए । ५० करोड संकलनको लक्ष्यसहित आयोजित महोत्सवमा वाचन प्रविण दिनबन्धु पोखरेलले कथा प्रवचन गरिरहेका छन् ।
माघ २६ गतेसम्म चल्ने महोत्सवमा सोमबार भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । मंगलबारबाट भक्तजनहरुको उपस्थिति र आर्थिक संकलन पनि बढ्ने आयोजकले जनाएको छ । करिब ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।
- ADVERTISEMENT -

महायज्ञमा रंगशालाको लागि रकम जुट्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.27
152.87

European Euro
1
176.21
176.91

UK Pound Sterling
1
204.05
204.85

Swiss Franc
1
191.39
192.14

Australian Dollar
1
107.47
107.90

Canadian Dollar
1
109.31
109.75

Singapore Dollar
1
118.47
118.94

Japanese Yen
10
9.51
9.55

Chinese Yuan
1
22.49
22.58

Saudi Arabian Riyal
1
40.56
40.72

Qatari Riyal
1
41.77
41.93

Thai Baht
1
4.64
4.66

UAE Dirham
1
41.46
41.62

Malaysian Ringgit
1
37.50
37.64

South Korean Won
100
9.99
10.03

Swedish Kroner
1
16.19
16.25

Danish Kroner
1
23.58
23.67

Hong Kong Dollar
1
19.43
19.51

Kuwaity Dinar
1
495.59
497.54

Bahrain Dinar
1
403.82
405.41

Omani Rial
1
395.48
397.04














