२०८३ बैशाख २७, आईतवार
May 10, 2026
२०८३ बैशाख २७, आईतवार
May 10, 2026 Sunday

निर्माणाधिन रंगशालालाई १ करोड रकम संकलन

प्रकाशित मिति : २०७६ माघ २२ गते

– एलिशा तिमिल्सिना

रामपुर । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बुधबार करिब एक करोड रुपैँयाँ संकलन भएको छ । धनधान्यान्चल महोत्सवको बुधबार करिब एक करोड रुपैँया संकलन भएको मूल आयोजक समितिका महासचिव दिनेश चुकेले बताए ।
धनधान्यान्चलमा भरतपुर महानगर प्रमुख मेयर रेणु दाहाल, नेपाली कांग्रेस चितवनका उपाध्यक्ष शंकरप्रसाद कंडेल, प्रदेश सांसद बिजय सेवेदीलगायतले आर्थिक सहयोग गरेको छ ।
बुधबार धान्याचल महोत्सवमा भरतपुर महानगर प्रमुख रेणु दाहालले ५ लाख रुपैँया घोषणा गरेकी छिन् । नेपाली कांग्रेस चितवनका कोषाध्यक्ष शंकरप्रसाद कंडेलले ५ लाख सहयोग घोषणा गरेका छन् । मुल आयोजक समितिका संयोजक समेत रहेका प्रदेश सांसद बिजय सुवेदीले व्यतिगत एक लाख ५१ हजार १ सय ११ रुपैँया सहयोग घोषणा गरेका छन् ।
यस्तै जस्मिन पेन्ट्सका प्रवन्धक लक्ष्मण सुवेदीले १५ लाख सहयोग घोषणा गरेका छन् । खरेल इलेक्ट्रोनिक्स सहिदचोकका प्रवन्धक तेजनारायण खरेल र श्रीमती खगिसरा खरेलले २ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गरेका छन् ।
यसैगरी सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था भरतपुर–२, क्षेत्रपुरले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । विभिन्न आमा समूह, टोल सुधार समूह तथा व्यक्तीहरुले पनि आर्थिक सहयोग गरेका छन् । बुधार ३ जनाले तुलादान गरेको र ४ जनाले नाम दर्ता गराएको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिइन् ।
उक्त धनधान्यान्चलमा बुधबार चर्चित हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले आफ्नो प्रस्तुती दिएका थिए भने बिहीवार चर्चित हाँस्य कलाकार मनोज गजुरेल, केदार घिमिरे (माग्ने बुढा) लगायतको कलाकारहरु आउने आयोजकले जनाएको छ ।
महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । महोत्सव २६ गतेसम्म चल्नेछ । करिब ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
177.54
178.25
UK Pound Sterling
1
205.30
206.12
Swiss Franc
1
193.82
194.59
Australian Dollar
1
109.18
109.61
Canadian Dollar
1
110.56
110.99
Singapore Dollar
1
119.01
119.49
Japanese Yen
10
9.62
9.66
Chinese Yuan
1
22.18
22.27
Saudi Arabian Riyal
1
40.22
40.38
Qatari Riyal
1
41.41
41.58
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.08
41.25
Malaysian Ringgit
1
38.48
38.63
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.39
16.46
Danish Kroner
1
23.76
23.85
Hong Kong Dollar
1
19.27
19.35
Kuwaity Dinar
1
492.75
494.71
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.89
393.45