रामपुर । निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बुधबार करिब एक करोड रुपैँयाँ संकलन भएको छ । धनधान्यान्चल महोत्सवको बुधबार करिब एक करोड रुपैँया संकलन भएको मूल आयोजक समितिका महासचिव दिनेश चुकेले बताए ।
धनधान्यान्चलमा भरतपुर महानगर प्रमुख मेयर रेणु दाहाल, नेपाली कांग्रेस चितवनका उपाध्यक्ष शंकरप्रसाद कंडेल, प्रदेश सांसद बिजय सेवेदीलगायतले आर्थिक सहयोग गरेको छ ।
बुधबार धान्याचल महोत्सवमा भरतपुर महानगर प्रमुख रेणु दाहालले ५ लाख रुपैँया घोषणा गरेकी छिन् । नेपाली कांग्रेस चितवनका कोषाध्यक्ष शंकरप्रसाद कंडेलले ५ लाख सहयोग घोषणा गरेका छन् । मुल आयोजक समितिका संयोजक समेत रहेका प्रदेश सांसद बिजय सुवेदीले व्यतिगत एक लाख ५१ हजार १ सय ११ रुपैँया सहयोग घोषणा गरेका छन् ।
यस्तै जस्मिन पेन्ट्सका प्रवन्धक लक्ष्मण सुवेदीले १५ लाख सहयोग घोषणा गरेका छन् । खरेल इलेक्ट्रोनिक्स सहिदचोकका प्रवन्धक तेजनारायण खरेल र श्रीमती खगिसरा खरेलले २ लाख ११ हजार १ सय ११ रुपैँया सहयोग गरेका छन् ।
यसैगरी सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था भरतपुर–२, क्षेत्रपुरले ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । विभिन्न आमा समूह, टोल सुधार समूह तथा व्यक्तीहरुले पनि आर्थिक सहयोग गरेका छन् । बुधार ३ जनाले तुलादान गरेको र ४ जनाले नाम दर्ता गराएको तुलादान व्यवस्थापन समिति संयोजक शारदा शर्माले जानकारी दिइन् ।
उक्त धनधान्यान्चलमा बुधबार चर्चित हाँस्य कलाकार राजा राजेन्द्र पोख्रेलले आफ्नो प्रस्तुती दिएका थिए भने बिहीवार चर्चित हाँस्य कलाकार मनोज गजुरेल, केदार घिमिरे (माग्ने बुढा) लगायतको कलाकारहरु आउने आयोजकले जनाएको छ ।
महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । महोत्सव २६ गतेसम्म चल्नेछ । करिब ३ अर्ब लागतमा २ वर्षभित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

निर्माणाधिन रंगशालालाई १ करोड रकम संकलन
February 5, 2020

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
