२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रहरी समाज निर्माण र नागरिक सुरक्षा गर्ने शक्ति हो – एसपी पौडेल

प्रकाशित मिति : २०८३ जेष्ठ १३ गते

चितवन / जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलले प्रहरी संगठन समाज परिवर्तन र नागरिक सुरक्षाको प्रमुख आधारस्तम्भ रहेको जिकिर गरेका छन् । उनले प्रहरीको भूमिका अपराधी पक्राउ गर्ने वा कानुन कार्यान्वयनमा सीमित नभई समाजलाई सही दिशा दिने ‘सामाजिक इन्जिनियर’को रूपमा विस्तार भएको बताएका हुन् ।

एसपी पौडेलले वर्तमान समाजमा प्रहरीको जिम्मेवारी थप संवेदनशील र चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै समाजमा देखिने धेरै विवाद, झगडा, दुर्घटना तथा तनाव अदालत पुग्नुअघि नै प्रहरीको सक्रियताबाट समाधान हुने बताए । ‘हामी फिल्डका न्यायाधीश हौँ । धेरै घटनामा प्रहरीको समन्वय, समझदारी र हस्तक्षेपले ठूलो दुर्घटना र सामाजिक द्वन्द्व टर्ने गरेको छ’, उनले भने । उनका अनुसार ट्राफिक प्रहरी र जनपथ प्रहरी सडक वा सुरक्षा ड्युटीमा खटिने कर्मचारी मात्र नभएर समाजमा अनुशासन, संयमता र सुरक्षा कायम गर्ने जिम्मेवार पात्र हुन् ।

- ADVERTISEMENT -

Advertisement

सडक दुर्घटना नियन्त्रण, सार्वजनिक शान्ति कायम, पारिवारिक विवाद समाधान, सामाजिक असन्तुलन न्यूनीकरण तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरीले प्रत्यक्षरूपमा भूमिका खेलिरहेको उनले बताए । एसपी पौडेलले प्रहरीलाई ‘समाजको पहिलो उद्धारकर्ता’ को रूपमा चित्रण गर्दै कुनै पनि आपत्, दुर्घटना वा संकटका बेला सबैभन्दा पहिले प्रहरी नै नागरिकको सहयोगमा पुग्ने बताए ।

‘नागरिक समस्यामा पर्दा सबैभन्दा पहिले सम्झिने संस्था प्रहरी हो । त्यसैले प्रहरीले मानवता, संवेदनशीलता र जिम्मेवारीका साथ काम गर्नुपर्छ’, उनले भने ।

- ADVERTISEMENT -

Advertisement

उनले अहिलेको समयमा प्रहरीले अपराध नियन्त्रणसँगै सामाजिक चेतना अभिवृद्धि, नागरिकमा विश्वास निर्माण र समाजलाई सभ्य तथा व्यवस्थित बनाउने दायित्व पनि वहन गर्नुपर्ने धारणा राखे । ‘प्रहरीको काम हत्कडी लगाउनु मात्र होइन, समाजलाई सही बाटोमा डो¥याउनु पनि हो’, उनले थपे ।

नागरिक र प्रहरीबीच आपसी विश्वास तथा सहकार्य बलियो भएमात्र शान्त, सुरक्षित र अनुशासित समाज निर्माण सम्भव हुने उल्लेख गर्दै उनले नागरिकलाई पनि प्रहरीप्रति सहयोगी, जिम्मेवार र सचेत बन्न आग्रह गरे ।

प्रहरीलाई डरको होइन, भरोसाको संस्थाका रूपमा स्थापित गर्न आवश्यक रहेको उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.63
154.23
European Euro
1
175.15
175.83
UK Pound Sterling
1
205.56
206.37
Swiss Franc
1
189.19
189.93
Australian Dollar
1
106.81
107.23
Canadian Dollar
1
109.07
109.50
Singapore Dollar
1
118.85
119.32
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.66
22.75
Saudi Arabian Riyal
1
40.90
41.06
Qatari Riyal
1
42.15
42.31
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.83
41.99
Malaysian Ringgit
1
37.67
37.82
South Korean Won
100
10.28
10.32
Swedish Kroner
1
15.87
15.93
Danish Kroner
1
23.43
23.52
Hong Kong Dollar
1
19.60
19.68
Kuwaity Dinar
1
499.20
501.15
Bahrain Dinar
1
407.45
409.04
Omani Rial
1
399.02
400.58