२०८३ श्रावण १३, बुधबार
July 29, 2026
२०८३ श्रावण १३, बुधबार
July 29, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा चैत २ गतेदेखि दादुरा-रुबेला खोप अभियान

प्रकाशित मिति : २०७६ फाल्गुन २८ गते

भरतपुर । जिल्ला खोप समन्वय समिति चितवनले दादुरा–रुबेला खोप अभियान संचालन गर्ने भएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार चैत्र २ गतेदेखि थालिने उक्त अभियानमा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाइने भएको हो ।
उक्त अभियान अन्तर्गत पहिलो चरणमा भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, माडी नगरपालिका, इच्छाकामना गाउँपालिकामा दादुरा–रुबेलाको खोप लगाइने छ । उक्त खोप संचालन चैत २ गतेदेखि ७ गतेसम्म हुनेछ ।
त्यसैगरी दोश्रो चरणको खोप खैरहनी नगरपालिकामा चैत १० देखि १४ गतेसम्म लगाइने छ भने राप्ती नगरपालिकामा चैत १० देखि १८ गतेसम्म हुने अधिकारीले बताए ।
दुई चरण गरी ५८ हजार नौ सय ८३ बालबालिकालाई खोप लगाइने लक्ष्य रहेको छ भने ५ सय ६८ खोप केन्द्रहरु संचालन हुने उनले जानकारी दिए । त्यस्तै १३२ जना खोप कार्यकर्ताहरु परिचालित हुने खोप अभियानमा ११३६ स्वयम्सेवक रहने उनको भनाइ थियो ।
उक्त अभियानमा खोप कार्डको व्यवस्था गरिने भएको छ भने बालबालिकाका अभिभावकहरुलाई यस पटकबाट निमन्त्रणा कार्ड नै दिइने छ भने खोप लगाएका सबैलाई प्रमाण पत्र दिने भएको छ । उक्त कार्डबाट बालबालिकालाई खोप लगाएको प्रमाणित गरिने उनको भनाइ थियो ।
चितवनमा सन् २०१७-१८ मा दादुरा नदेखिएको, २०१९ मा १९ जनामा देखिएको थियो भने २०२० मा ४ जना दादुरा भेटिएको उनले बताए ।
उक्त कार्यक्रममा भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाले चितवनमा दादुरा फाट्टफुट्ट देखिए पनि रुबेला भने नदेखिएको जानकारी दिए । पहिलो पटक खोप लगाएको बालबालिकाहरुमा दादुरा पाइए पनि दोस्रो पटक खोप लगाएपछि त्यसलाई निर्मुल पार्न सकिने उनको भनाइ थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36