२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को संयुक्त रुपमा उद्घाटन

प्रकाशित मिति : २०८३ श्रावण ११ गते

काठमाडौं / ‘नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग’को उद्घाटन गरिएको छ ।

सोमवार एक विशेष कार्यक्रमको आयोजना गरी पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिको र नेपालका लागि जापानी राजदूत माएदा तोरु, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सडक विभागका महानिर्देशक डा. विजय जैसीले संयुक्त रुपमा रिबन काटेर सुरुङ मार्गको उद्घाटन गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

सुरुङमार्ग उद्घाटनका क्रममा ब्राह्मणहरूले स्वस्तिवाचनसहित पूजापाठसमेत गरेका थिए । उद्घाटन कार्यक्रममा मन्त्री लम्सालले नेपालतर्फको शिलालेखको अनावरण तथा जापानी राजदूत र जाइकाका अध्यक्षबाट संयुक्त रुपमा जापानतर्फको शिलालेखको अनावरणसमेत गरेका छन् । उद्घाटनसँगै नेपालकै पहिलो सुरुङमार्ग सञ्चालनमा आएको छ । उद्घाटनपछि मन्त्री लम्सालसहितको टोलीले सुरुङ मार्गको यात्रा पनि गरेका छन् ।

जाइकाको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा सुरुङमार्गको निर्माण सम्पन्न भएको हो । यस आयोजनाको कुल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ । मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ ।

यद्यपि सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्याकेजहरू समेत गणना गर्दा कुल सुरुङको लम्बाई करिब ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले विसं २०७६ देखि यस आयोजनाको निर्माण सुरु गरेको थियो ।

सुरुङ मार्गमा तत्कालको लागी एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिने सडक विभागका महानिर्देशक डा. विजय जैशीले जानकारी दिए । सुरुङ मार्गलाई चरणबद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइनेछ । उनकाअनुसार सुरुङ परीक्षणको क्रममा कुनै शुल्क लिइनेछैन भने परीक्षणको क्रम सकिएपछि सवारी साधनको प्रकारअनुसार शुल्क लिइनेछ ।

सडक विभागकाअनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौंतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ ।

यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाँ बराबरको शुल्क तिर्नुपर्नेछ । सुरुङमार्गमा मोटरसाइकल र प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारी साधनलाई भने गुड्न निषेध गरिएको छ । त्यस्तै, पैदलयात्री, दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् ।

आयोजनामा मुख्य एवं उद्धार गरी दुई वटा सुरुङमार्ग छन् । मुख्य सुरुङमा सवारीसाधन सञ्चालन हुनेछ भने उद्धार कार्यमा उद्धार सुरुङ प्रयोग हुनेछ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग पश्चिमतर्फ धादिङको धुनिबेँसी नगरपालिकाको सिस्नेखोलामा टुङ्गिनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45