चितवन / इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारको सार्वजनिक शौचालय नजिकै पहिरो जाँदा मुग्लिङ–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
आज (सोमबार) बिहान करिब ८.३० बजेको समयमा सडक माथिबाट अचानक सुख्खा पहिरो खसेपछि बाटो दुवैतर्फ अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
- ADVERTISEMENT -

प्रहरीका अनुसार सडकमा खसेको पहिरो हटाई यातायात पुनः सञ्चालन गर्नका लागि सडक विभागसँग आवश्यक समन्वय भइरहेको छ । पहिरो पन्छाएर बाटो सुचारु गर्न करिब २ घण्टा लाग्न सक्ने अनुमान गरिएको छ ।
बाटो अवरुद्ध भएकाले उक्त सडक खण्ड भएर यात्रा गर्ने सवारी साधन तथा यात्रुहरूलाई धैर्यधारण गर्न र आवश्यक सतर्कता अपनाउन चितवन प्रशासनले अनुरोध गरेको छ ।
- ADVERTISEMENT -



















































