April 29, 2025

विद्यार्थीले गर्दै सिक्ने अभ्यासले स्वतःस्फूर्त रुपमा सक्षम – प्राचार्य

March 18, 2020
- ADVERTISEMENT -

भरतपुर । भरतपुरबाट करिब ४ किमी दक्षिण पूर्व गौरीगञ्जमा ‘विद्यार्थीले गर्दै सिक्ने सिकाइ र उपलब्धि’ भन्ने मूल नाराका साथ वि.सं. २०५४ सालमा सत्यम स्कुल स्थापना भएको हो ।
प्रविधिमैत्री र व्यवहारिक शिक्षामा विद्यार्थीको सर्वाङ्गिण विकासको हेतुले एक पूर्ण र उत्कृष्ट विद्यालयको छाप छोड्न सफल भएको विद्यालयका प्राचार्य परशुराम पौडेलले सोमबार पत्रकार सम्मेलनमा बताए । स्कुलले सदैव विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने उद्देश्यका साथ पठनपाठन गराइने उनको भनाइ थियो ।
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम अनुसार डिजिटल पाठ्यपुस्तक र आफ्नो सुहाउँदो शैक्षिक सामग्रीको प्रयोग गरी बालमैत्री तरिकाले शिक्षण गराइने प्राचार्यले जानकारी गराए । विषयगत प्रयोगात्मक सिकाई ६० प्रतिशत विद्यार्थीले गर्ने जीवनोपयोगी प्रयोग र त्यसपछिको निचोडले विद्यार्थीलाई गर्दै सिक्ने र पढ्ने लेख्ने बनाउने उनको अनुभव छ ।
प्रयोगमुखी र जीवनोमुखी शिक्षाले विद्यार्थी आत्मविश्वासी, अनुशासित, मायालु, आज्ञाकारी, सहयोगी र सिर्जनशील हुने उनले भने । माथिल्लो तहको अध्ययनको लागि आफूले रोजेको विषय र देशले खोजेको जनशक्तिको लागि योग्य हुँदै विश्वबजारमा विकाउ दक्ष नागरिक उत्पादन गर्ने पहिचान बनाउने स्कुलको लक्ष्य भएको उनले बताए ।
विद्यालयका प्राचार्य पौडेलका अनुसार १ कक्षा कोठा १० विद्यार्थी तथा २ शिक्षकको उपस्थितिमा अध्यापन गराइएको छ । उनले भने गर्दै सिक्ने सिकाईले विद्यार्थीहरुमा एउटा छुट्टै किसिमको आत्मविश्वास बढ्ने, स्वतःस्फूर्त रुपमा सक्षम भएको कारणले अरु विद्यालयहरु भन्दा फरक भएको बताए ।

- ADVERTISEMENT -