२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

विद्यार्थीले गर्दै सिक्ने अभ्यासले स्वतःस्फूर्त रुपमा सक्षम – प्राचार्य

प्रकाशित मिति : २०७६ चैत्र ५ गते

भरतपुर । भरतपुरबाट करिब ४ किमी दक्षिण पूर्व गौरीगञ्जमा ‘विद्यार्थीले गर्दै सिक्ने सिकाइ र उपलब्धि’ भन्ने मूल नाराका साथ वि.सं. २०५४ सालमा सत्यम स्कुल स्थापना भएको हो ।
प्रविधिमैत्री र व्यवहारिक शिक्षामा विद्यार्थीको सर्वाङ्गिण विकासको हेतुले एक पूर्ण र उत्कृष्ट विद्यालयको छाप छोड्न सफल भएको विद्यालयका प्राचार्य परशुराम पौडेलले सोमबार पत्रकार सम्मेलनमा बताए । स्कुलले सदैव विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रष्फुटन गराउने उद्देश्यका साथ पठनपाठन गराइने उनको भनाइ थियो ।
पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रम अनुसार डिजिटल पाठ्यपुस्तक र आफ्नो सुहाउँदो शैक्षिक सामग्रीको प्रयोग गरी बालमैत्री तरिकाले शिक्षण गराइने प्राचार्यले जानकारी गराए । विषयगत प्रयोगात्मक सिकाई ६० प्रतिशत विद्यार्थीले गर्ने जीवनोपयोगी प्रयोग र त्यसपछिको निचोडले विद्यार्थीलाई गर्दै सिक्ने र पढ्ने लेख्ने बनाउने उनको अनुभव छ ।
प्रयोगमुखी र जीवनोमुखी शिक्षाले विद्यार्थी आत्मविश्वासी, अनुशासित, मायालु, आज्ञाकारी, सहयोगी र सिर्जनशील हुने उनले भने । माथिल्लो तहको अध्ययनको लागि आफूले रोजेको विषय र देशले खोजेको जनशक्तिको लागि योग्य हुँदै विश्वबजारमा विकाउ दक्ष नागरिक उत्पादन गर्ने पहिचान बनाउने स्कुलको लक्ष्य भएको उनले बताए ।
विद्यालयका प्राचार्य पौडेलका अनुसार १ कक्षा कोठा १० विद्यार्थी तथा २ शिक्षकको उपस्थितिमा अध्यापन गराइएको छ । उनले भने गर्दै सिक्ने सिकाईले विद्यार्थीहरुमा एउटा छुट्टै किसिमको आत्मविश्वास बढ्ने, स्वतःस्फूर्त रुपमा सक्षम भएको कारणले अरु विद्यालयहरु भन्दा फरक भएको बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96